धरान / संविधानबारे महिलाको बुझाई थाहा पाउन महिला सञ्जाल धरानले संविधानमा महिलाको अधिकार विषयक व्यक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
धरान उपमहानगरको सहयोगमा संविधान दिवसको अवसरमा शनिवार उक्र प्रतियोगिता गरिएको हो । प्रतियोगितामा धरानमा रहेका विभिन्न संस्थाका १५ जना महिलाहरुको सहभागीता रहेको थियो । सहभागीले नेपालको संविधानमा भएका महिलाका हक अधिकार र संविधान कार्यन्वयको सवालमा उठान गरेको महिला संञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिए ।
प्रतियोगितामा यशोदा कायस्था प्रथम, देविका विमली दोश्रो, कल्पना शेर्पा तेश्रो र सावित्री इवाराम तथा सकुन भुषाल सान्तोना भएका थिए । उनीहरुलाई नेपालको संविधान पुस्तक र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा पत्रकार देबेन्द्र कार्की, अधिवक्ता मानबहादुर रुम्दाली र महिला अधिकारकी अभियान्ता गंगा पौडेल रहेका थिए ।
प्रदेश नं १ की प्रदेश सभा सदस्य सावित्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता महिला सञ्जालकी अध्यक्ष सविता राईले गरेकी थिईन । प्रमुख अतिथि श्रेष्ठले विगतमा चुला चौकामा सिमित महिलाहरु संविधानले दिएको अधिकार उपभोग गरेर यसरी भाषण गर्न सक्ने भएको बताए । उनले ५१ प्रतिशत महिलाको जनसंख्या रहेको मुलुकमा महिलाको अधिकार ५० प्रतिशत स्थापित गर्न आफूहरु सदनमा आवज उठाईरहेको बताए ।