धरान / सरकारको त्रिदेशिय व्यापारिक रानी–किमाथाङका छ लेन सडकलाई व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले मुख्य बजारको स्थानीयहरुसँग छलफल गरेको छ । कोशी राजमार्ग अन्तर्गत धरानको वडा नं. १, २,७,८ र १३ नं. वडा पर्दछन् । धरानको मुख्य बजार पनि यही भागमा पर्दछ । मुख्य भागबाट छ लेनको सडक विस्तार गर्दा स्थानीयहरुको जग्गा, घर धेरै विनास हुने भएकाले वडावासीहरुको छलफल अनुसार छ लेन सडक वाईपास गरेर लाने र साविक कोशी राजमार्गलाई आवश्यकता अनुसार विस्तार गर्ने निर्णय भएको उपनगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिईन ।
४ नं. वडा अध्यक्षसहित ६ वटै वडाका अध्यक्षहरु सरोकारवालाको सयुक्त बैठक बसी यस्तो निर्यण भएको हो । मापदण्ड अनुसार राष्ट्रिय राजमार्ग सडक पछिको क्षेत्र ५० मिटर र सेटव्याक ६ ।६ मिटर गरि ६२ मिटर छाड्नु पर्ने हुन्छ । यसरी छाड्नदा धरानको विच बजारमा रहेका घरहरु सबै जाने भएकाले स्थानीयको समस्यालाई ध्यानमा राखेर व्यापारिक राजमार्गलाई सेउती करिडोरबाट जिरोपोईट हुर्दै भेडेटार लाने गरि कायम गराउन सडक विभागलाई अनुरोध गर्ने र हालको बजारको बाटो कोशी राजमार्गका रुपमा आवश्यकता अनुसार विस्तार गर्ने निर्णय भएको धरान–१२ का वडा अध्यक्ष टङ्क राईले जानकारी दिए ।
विराटनगरको रानीबाट इटहरीसम्म छ लेनको सडक विस्तारको काम भईरहेको छ । तराहरादेखि तीनकुनेसम्मको पनि टेण्डर लागेको बताइएको छ । धरानमा भने कहाँबाट सडक विस्तार गर्ने भन्ने उपमहानगरले कुनै निर्णय नगरेकाले जिरोपोईन्टसम्मको टेण्डर हुन सकेको छैन् । सडक विस्तारबारे निर्णय पठाउन सडक विभागले उपमहानगरलाई पत्रचार गरेकाले स्थानीयवासीसँग छलफल गरेर निर्णय पठाइएको कार्यवहाक मेयर भण्डारीले बताईन् ।