धरान / नेपाल कम्युनिष्ट पार्टीले सातै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदेश १ इन्चार्ज भीम आचार्य, सहइन्चार्ज साबित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिब सुरेश बहादुर राईलाई तोकिएको छ । आचार्य ततकालिन एमालेका प्रदेश इञ्चार्ज थिए । सह इञ्चार्ज काफ्ले माओवदी केन्द्रका सहइञ्चार्ज नै थिए । प्रदेश अध्यक्ष एमालेबाट र सचिव माओवादी केन्द्रबाट भएका छन् ।

प्रदेश १
इन्चार्ज भीम आचार्य,
अध्यक्ष देवराज घिमिरे,
सहइन्चार्ज साबित्री कुमार काफ्ले,
सचिब सुरेश बहादुर राई

प्रदेश २ इन्चार्ज
सत्यनारायण मण्डल
अध्यक्ष प्रभू साह
सह–इन्चार्ज विश्वनाथ साह
सचिव सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्ज अष्टलक्ष्मी शाक्य
अध्यक्ष हितमान शाक्य
सह–इन्चार्ज नारायण दाहाल
सचिव आनन्द पोख्रेल

गण्डकी प्रदेश
इन्चार्ज पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष हितराज पाण्डे
सह–इन्चार्ज खगराज अधिकारी
सचिब गोविन्द नेपाली

प्रदेश ५
इन्चार्ज शंकर पोख्रेल
अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना
सचिब जग प्रसाद शर्मा

कर्णाली प्रदेश
इन्चार्ज जनार्दन शर्मा
अध्यक्ष गोरख बहादुर बोगटी
सह–इन्चार्ज यमलाल कंडेल
सचिब मयाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्ज भीम रावल
अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी
सचिब नेप चौधरी