अन्सार अन्सारी
भुटाहा / सुनसरीको हरिनगर गाउँपालीका वडा नम्बर ४ भुटाहा का ५६ बर्षीय मोलाना खुर्शिद इस्लाहीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको छ । विहीबार दिउँसो इस्लाहीलाई सडकमा हिडिरहेको बेला मोटर साईकलमा आएका युवाहरुले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई छाती घुडामा दुई गोली लागेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको स्थानीयn] जानकारी दिए । स्थानीयहरुका अनुसार ११ः४५ बजेको समय भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका आएका दुईजनाले गोली चलाएका थिए । सोही स्थानमा रहेका प्रहरी जवान शिवलाल पौडेल माथि पनि आक्रमण भएको थियो । उनलाई पनि गोली लागेको छ । घाईतेको उपचारका लागि विपी कोईराला विज्ञान प्रतिष्ठान धरान ल्याईएको प्रहरीले जनाएको छ ।
गोली हानी हत्याराहरु फरार भएका छन् । घट्नाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । फरार रहेका युवाको खोजीका लागि नाकाहरु शिल गरि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलयका एसपी राजन अधिकारीले जानकारी दिए । सीमाबाट भारत प्रवेश गर्नेक्रममा प्रहीले राेक्न खाेज्दा प्रहरी पाेष्टमा अाक्रमण गरेका थिए ।
उनी स्थानीय विद्यालयका शिक्षक हुन । नेकपाका स्थानीय कार्यकतासमेत रहेको नेकपा सुनसरीका नेता रमेश बस्नेतले जानकारी दिए । बस्नेतले घट्ना दुख्द भएको बताउदै हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन् ।