बिराटनगर / बिराटनगरका पत्रकार गणेश लम्साल जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । संबिधान दिवसको अवसरमा बुधबार प्रेस सेन्टर र प्रेस चौतारी मोरगले आयोजना गरेको कार्यक्रममा पत्रकार लम्साल पुरस्कृत भएका हुन । पत्रकार लम्साललाई एक नम्बर प्रदेश सरकाकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर प्रमाणपत्र र नगद १५ हजार ५ सय ५५ रुपैया प्रदान गर्दै पुरस्कृत गरे ।
दुई दशकदेखी सक्रृय रुपले व्यवसायिक पत्रकारितामा रहेका पुरस्कृत पत्रकार लम्साल नयाँपत्रिका दैनिकको एक नम्बर प्रदेश समाचार व्युरो प्रमुख तथा औजार दैनिकका सहसम्पादक हुन ।
पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकारका प्रबक्त्ता मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले संबिधानलाई पुर्ण कार्यान्वयन गराउनका लागि पहिलो पटक बिराटनगरमा भव्य समारोह अयोजना गरि कार्याक्रम सम्पन्न गरेको बताए । उनले आम नागरिकलाई संबिधानको महत्व बुझाउन सवैतिर संबिधान दिवसर हर्र्षो उल्लासकासाथ मनाइएको जानकारी गराए ।
नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुँईटेल , मोरंग शाखा अध्यक्ष बन्धु पोखरेल , प्रेस चौतारी एक नम्बर प्रदेश सयोजक लिलाराज भट्टराई , प्रेस सेन्टर मोरंग अध्यक्ष गोकुल पराजुली , प्रेस चौतारीका मोरंग अध्यक्ष रामचन्द्र अधिकार लगायतले संबिधान पुर्ण कार्यान्वयन गराएर संघियतालाई सँस्थागत गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।