इटहरी / इटहरीमा सय विद्यालय सय चौक सरसफाई लगायतका कार्यक्रम गरेर तीन दिन सम्म संविधान दिवस मनाइने भएको छ । आज इटहरी उपमहानगरको संयोजनमा कम्तिमा सय विद्यालय सय चौक सफाई गरिने भएको हो । विहान इटहरीका सवै सरकारी कार्यालय संघ सस्थालाई आ आफनो कार्यालय वरपर सफाई गर्न उपमहानगरले आग्रह गरेको छ । आजै इटहरीका तीन स्थानमा राम्रो संविधानका रुपमा हाम्रो संविधान बिषयक अन्तरमावि वक्तृत्वकला प्रतियोगिता हुने छ । आज देखि ४ गते सम्म प्रत्येक कार्यालयमा साँझ दिपावली गरिने भएको छ । असोज ३ गते साँझ नगरवासीलाई घर घरमा दिपावली गर्न उपमहानगरले आग्रह गरेको छ । असोज ३ गते विहान ७ वजे नगपालिका प्राडगढमा भेला भई नौमतीवाजा,नेपाली सेना र शशस्त्र प्रहरीको ब्याण्डवाजा बिभिन्न संघ सस्थाहरुको ब्यानर प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम तय भएको छ ।