धरान/१ नम्वर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले बाल वालिकामैत्री कानुन निर्माण गर्न प्रदेशसभा प्रतिबद्ध रहेको बताएकाछन् । शुक्रबार वाल दिवसको अवसर पारेर धरानको २० नम्बर वडालाई वालमैत्री वडा घोषणा समारोहलाई सम्वोधन गदै सभामुख भण्डारीले सो कुरा बताएका हुन ।
स्थानीय तहहरु वालमैत्री हुन खोजीरहेको सन्दर्भलाई जोड्दै उनले सबैको साझा संकल्प र प्रतिबद्धताबाटमात्र प्रदेशलाई बालमैत्री प्रदेश वनाउन सकिने स्पष्ट पारेका थिए । सभामुख भण्डारीले वालवालिकासँग प्रतक्ष्य सरोकार राख्ने क्षेत्रहरुमा वालवालिकाको सहभागिता गराउने र वालवालिकालाईपनि निर्णय गर्ने अधिकार उपलब्ध गराएमात्र वालमैत्री हुन सकिने बताए ।
वालमनोविज्ञानमा नकारात्मक असर पर्ने कार्य तथा कुराहरु गर्न र हुन दिन नहुने भन्दै उनले अब सकारात्मक भाब लिएर अगाडी बढ्नु पर्ने अवस्था रहेको औल्याए । धरानको २० नम्बर वडालाई वालमैत्री घोषणा गर्दै उनले अब वडाका हरेक गतिबिधिमा वालवालिकाको सहभागिता र पहुच हुनेमा विश्वास ब्यक्त गरे ।
त्यसैगरी धरान नगरपालिकाकी कार्यवाहक उपप्रमुख मञ्जु भण्डारीले २०७५ साल भित्र धरानलाई बालमैत्री नगर घोषणा गरी सक्ने योजना अनुसार बालमैत्री वडा घोषणा गदै लगिएको वताइन ।
वालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै वालमैत्री नगर घोषणा गर्ने अभियानमा धरान उपमहानगरापलिका रहेको जानकारी दिइन । धरान नगरपालिकाको २० वटा वडा मध्ये यस अघि वडा नं १३ र १४ नं वडाले बाल मैत्री वडा घोषणा गरीसकेकाछन् । अन्य वडाले पनि कार्यक्रमलाई अघि वढाईरहेकाछन् । २० नं वडाका वडाध्यक्ष मणिराम राईको सभापतिन्वमा कार्यक्रम सम्पन्न भएको थियो ।