काठमाडौं / नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्ट लगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो ।प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्ट लगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताएकाछन् ।। कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै बिद्यार्थी संगठनहरुले चासो दिन थालेका हुन । पन्तको बलत्कार पछि हत्या गरीएको विरोधमा देशभर प्रर्दशन भइरहदा सरकार भने मौन रहेको छ ।