काठमाडौँ — नेपाल यातायात व्यवसायी महासंघले दसैं नजिक आउन लाग्दा पनि वुकिङ खुल्ला नगर्दा उपत्यकाबाहिर जानुपर्नेहरू यात्रुहरु मर्कामा परेकाछन् । ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता सरकारले रोक्का गरेको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउदा यात्रुहरु मर्कामा परेकाहुन ।
यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्यवसायीबीच ३ पटक वार्ता भइसकेको छ । विभागका महानिर्देशक लावण्यकुमार शर्माले ‘ब्यवसायीसँग छलफल भइरहेको जनाएकाछन् ।विभागका अनुसार विभिन्न जिल्लाका करिब ४० लाख मानिस राजधानीमा बसोवास गदै आएकाछन् ।
उनीहरू घर फर्कने मौका पारेर व्यवसायीले भाडा बढाउन खोजेका हुन् । व्यवसायीले सवारीसाधन दर्ता गर्दा सरकारको कानुन नमाने रुट परमिट खारेज हुनेसम्मको लिखित मञ्जुरी जनाएका छन् । ‘कानुनी बन्देज हुँदाहुँदै पनि टिकट नखुलाउने अडानमा बस्नु गलत भएको शर्माले वताए । निर्देशन अटेर गरे कानुनबमोजिम कारबाही गरिने चेतावनि समेत शर्माले दिएकाछन् ।
यातायात अभियन्ता रामबहादुर थापाले भाडा बढे दसैंमा घर जाने यात्रु मर्कामा पर्ने मात्र नभई औषधि, खानेपानी, खाद्यवस्तु, लत्ताकपडा, तरकारी, फलफूललगायतमा पनि मूल्यवृद्धि हुने बताए । ‘२०४५ मा यात्रुसँग ५ रुपैयाँ लिने सडकमा अहिले ५० लिन्छन् । ट्याक्सीको मिटर ३ रुपैयाँबाट बढेर १४ पुगेको छ । ५ हजार रुपैयाँ लिने ढुवानी गाडीले ३० हजार लिन्छ ।सरकारले सार्वजनिक गाडीमा १ देखि ४ किमिसम्म यात्रा गर्दा १३ रुपैयाँ भाडादर तोकेको छ । तर, गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ र ४ किमि यात्रा गर्दा दोब्बरसम्म लिने गरिएको पाइएको छ ।
यातायात व्यवसायीले भने बैंक ऋण, चालक, सहचालकको खर्च र टायर, बेरिङलगायत १८ प्रकारका सामानको मूल्यवृद्धि भएकाले भाडा बढाउनुपर्ने तर्क गरेका छन् । महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यले गाडीमा लाग्ने इन्धन तथा पार्टपुर्जामा बर्सेनि मूल्यवृद्धि भए पनि सरकारले भाडादर समायोजन नगरेको गुनासो गरे । ‘भाडादर समायोजन नगरेको पाँच वर्ष भइसक्यो,’ उनले भने, ‘माग पूरा नभए दसैंमा थपिँदै आएका ५ सय बससमेत थप्न नसकिने दावी समेत गरेकाछन् ।