काठमाडौं÷सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका सविन प्रकाश दनवारलाई पक्राउ गरेको छ ।
विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष हुँ भनेर २८ जनासँग प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर १ करोड ३१ लाख ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले काठमाडौंको बसुन्धराबाट पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा बुझाएको छ । सुरक्षागार्डको तालिम दिने कम्पनी विमान सेक्युरिटी एण्ड सर्भिसबाट जापानमा कृषि सम्बन्धी कामदारको माग भएको भन्दै उनले वर्किङ भिसामा जापान पठाइदिने र प्रतिमहिना १ लाख २१ हजार ३ सय ३३ रुपैयाँ तलब हुन्छ भनी झुक्याएको पाइएको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले बताए ।