धरान÷ सामाजिक काम गर्नको लागि लामो समय व्यवसायमा लामो समय लागि पदैन भन्ने ज्वलन्त उदाहरण वनेको छ धरान– ९ कलेज रोड स्थित श्रेया चस्मा घर
आफ्नो व्यवसाय शुरु गरेको करिव दुइ महिनामा नै चस्मा घरले पहिलो पटक निःशुल्क आखा शिविरको आयोजना गरेको छ ।
धरान वडा नं. ६स्थित पानवारीमा पानवारी युवा समाजको आयोजना र श्रेया चस्मा घरा धरान–९ को प्राविधिक सहयोगमा शिविर आयोजना सम्पन्न भएको हो ।
उक्त शिविरमा डा. कामना अधिकारी र डा अनिल कार्कीले शिविरमा सहभागीहरुको आखा परिक्षण गरेका थिए ।
शिविरको क्रममा ७० जनालाई मोतिया विन्दु र ३० जनालाई आखाको एलर्जी भएको पाईएको र अन्यको लेन्स अनुसारको चस्मा लगाउनु पर्ने देखिएको प्राविधिक संयोजन गरेको श्रेया चस्मा घरका सञ्चालक सुनिल गुरागाईले जानकारीदिए ।
आगामी दिनहरुमा पनि विभिन्न स्थानमा स्थानीयको आवस्यकता अनुसार आखा शिविरको आयोजना गदै जाने गुरागाईले जानकारी दिए ।
शिविरमा २ सय ३० जनाले आखा परिक्षण गराएको गुरागाईले बताए ।
विगत केही महिना अघि देखि धरान ९ स्थित कलेज रोडमा श्रेया चस्मा घर संचालन गदै आएको छ ।