• भोला श्रेष्ठ

धरान/ प्रदेश नम्वरका माननीय सभामुख प्रदिप कुमारभण्डारीले स्वस्च्छ खानेपानी पिउन पाउनु पर्ने जनताको नैसर्गिक अधिकार रहेको वताएका छन् । तोरीवारी खानेपानी तथा सरसफई उपभोक्ता समिति वराहक्षेत्र १ सुनसरीको पाचौ वार्षिक साधारण सभा तथा समितिले निर्माण गरेको सभाहल उद्घाटन कार्यक्रमलाई शनिवार सम्वोधन गदै सो कुरा वताएका हुन् ।
सभामुख भण्डारीले खानेपानी जस्तो मानवीय आवस्यकताको कुरालाई उपभोक्ता समितिले पुरा गर्न गरेको पहललाई प्रसंशा गदै आगामी पनि यस्ता कार्यलाई निरन्तरण दिनु पर्ने कुरामा जोड दिएका थिए ।
उनले प्रदेश सरकारले पनि खानेपानीको लागि सहयोग र सहर्कार्य गदै आएता पनि यस वर्षको वजेट विनियोजन भई सकेकोले सहयोग गर्न नसकिएको वताउदै आगामी वर्षको वजेटमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
उपभोक्तहरु अव सवै कार्यमा सचेत र सकृय भएर अघि वढनु पर्ने कुरामा जोड दिदै उपभोक्त सकृय भएर गरेका काम र योजनाहरु सधै सफल रहेको दावी समेत गरेका थिए ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले खानेपानीका लागि आगामी वर्षमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी उपभोक्त समितिका अध्यक्ष डम्वर सिग्देलले समितिमा २०१३ घर ले सदस्यताल दिएको हाल १ हजार १सय ६५ घर परिवारले मात्र पानीको उपभोग गरीरहेको र उत्पादन क्षमता वृद्धि गरी अन्य घर दुरीमा पानि वितरण गर्ने तयारी भइरहेको जानकरी दिए ।
दैनिक ४ लाख ५० हजार पानी उत्पादनका लागि वोरीङ तयार भइसकेको र आगामी वर्षहरुमा वाकी घर दुरीमा पनि पानी वितरण गदै जाने तयारी भइरहेको वताए ।
कार्यक्रममा खानेपानी डिभिजन प्रमुख देवनाथ सिंह,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य रमेश वस्नेत लगायतको उपस्थिति रहेको थियो ।