इटहरी /  मन बचन र कर्मले दत्त चित्त भएर लाग्यो भने के हुदैन र सव थोक हुन्छ । कामलाई कहिल्यै सानो नठानी त्यसैमा लागे त्यही सानो कामले करोडपति बनाउछ । यसको उदाहरण बनेकी छन्, इटहरी(५ हलगडाकी लक्ष्मी खड्का(खुलाल) ।
पनौतीबाट इटहरी आएकी लक्ष्मीको संघर्षको कथा लामो छ । २ सय ४० रुपैया लिएर इटहरी आएकी लक्ष्मीले इटहरीको धरान रोडस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडी सडक पेटीमा चिया बेचेर अहिले करोडको मालिक भएकीछन् । दैनिक २० लिटर दुधको चिया बेच्छिन । ३५ बर्ष अगाडी उनी ८ बर्षकी थिईन, त्यही उमेरदेखि उनले आफ्ना सहयोगीसँगै चिया बेचिरहेकीछन् ।
२०२६ सालमा जन्मिएकी लक्ष्मीले चिया बेचेर कमाएर १५ धुर जग्गा किनेर हलगडामा दुई तले पक्की घर बनाएकी छन् । त्यो घरको मूल्याङ्कन सरदर ३ करोड पर्छ । २ सय ४० रुपैयाबाट चिया बेच्न थालेकी लक्ष्मी यति बेला ३ करोडकी मालिक भएर पनि आफ्नो कर्म छाडेकी छैनन् । ३५ बर्ष अघि उनले चिया बेच्ने ठाउ जंगल नै थियो पैनी थियो । एकादुई घर थिए । उनले चिया बेच्ने क्षेत्र अहिले कंक्रिटको घारी भएको छ । उनको पसल पहिलेको जस्तै छ । प्रविधी मात्र फेरिएको छ । शुरुका दिनमा दाउरा बालेर चिया पकाईन, त्यस पछि स्टोभमा चिया पकाईन, अहिले ग्यास चुलो छ । तर उनका ग्राहक भने दाउरामा पकाउदा खान आउने अझ सम्म आउने गरेको बताउछिन् ।
घर भाडाबाटै ३०÷३५ हजार आउने बताउने लक्ष्मीलाई चिया नबेचे पनि पुग्दो सम्पति कमाएकीछन् । तर त्यही चियाले जीवन फेरेकाले छाड्न चाहन्नन् । दुईवटा बेन्च छन्, दूइृ वटा मुडा छन् । एउटा टेवल राखेकीछन् ग्यास राख्नलाई । घाम पानी छेल्ने एउटा छाता पनि छ उनीसँग । निकै मेहनेत गरेर, समय दिएर चिया पकाउने हुदा उनले पकाए चिया सबैले मिठो मान्छन् । नजिक रहेका बैकहरु, संघ संस्थाहरु उनकै पसलको चिया पिउछन् । प्रदेश सभा सचिवालय विराटनगर भएर पनि पहाडी जिल्लाका अधिकाशं सांसदहरु इटहरी बस्दै आएका छन् । आफ्ना क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई भेटघाट यही चिया पसलमा गर्ने गरेका छन् ।
इटहरी प्रदेश नं. १ को जक्सन पनि हो । लक्ष्मीको चिया पसल पनि जक्सनमै छ । चारैतिरका व्यक्तिहरु यही भेला भएर लक्ष्मीले पकाएको मिठो चिया पिउने गरेका छन् ।
संखुवासभाबाट प्रदेशसभा सदस्यमा जितेका सांसद तुलसीप्रसाद न्यौपानेको इटहरी आउने साथी भाईलाई लक्ष्मीले पकाएको चिया खुवाएर पठाउछन् । तेह्रथुमका सांसद लक्ष्मण तिवारी, प्रतिनीधि सभाका सांसद भवानी खापुङ, खादबारी नगरपालिकाका मेयर मुरारी खतिवडा, मादी नगरपालिकाका मेयर विदुर लिङथेनलगायतको जक्सन पनि यही हो । केही दिन अघि उनकै चिया पसलमा भेटिएका तुलसीप्रसाद न्यौपानेले भने, ‘हामी सबैको भेटघाट गर्ने थलो नै यही हो । कसैलाई भेट दिनु प¥यो भने यही बोलाउछौ ।’