धरान / धरानमा तीजको अवसरमा महिला सञ्जाल धरानले ३ दिने मेला आयोजना गरेको छ । ‘आर्थिक सम्वृद्धिको लागि महिला उद्यमी मेला’ नाम दिएर आईतबारदेखि शैनिक भवनमा शुरु भएको मेलाको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए ।
विशेष महिलाहरुको चाढ तीजलाई लक्षित गरि आयोजना गरिएको मेलामा महिलाहरुले उत्पादन गरेको अल्लोको कपडा, कुसन, गहना,माला, ढाकाको जुत्ता चप्पल, कोट, सारी, खानेकुरामा पापड, अचारलगायतको सामाग्रीहरु मेलामा राखिएको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिईन । विराटनगर, इटहरी, विराटचोक र धरान गरि २० वटा स्टलहरु राखिएका छन् । मेला भदौ १९ सम्म संचालन हुने आयोजकले जनाएको छ । मेलाबाट दिदी बैनीहरुले ३ लाखको कारोवार गर्ने आयोजकले अपेक्षा गरेको छ ।
मेलामा दैनिक रनोरञ्जनात्मक नाचगान हुने छ । महिला उद्यमीहरुलाई व्यवसायीक चुनौती र समाधानबारे विज्ञबाट सुझावसमेत राख्ने कार्यक्रम रहेको राईले बताईन । व्यवासय संचालन गर्दा हुने चुनौती र समाना गर्ने सरल तरिकाबारे मितेरी बैकका सिइओ तुलसी वस्ती र उद्योगको विमाबारे ज्योती लाईभ इन्सुरेन्सका मौसम राईले प्रस्तुतीकरण दिने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश १ की सांसद उमिता बराईली, नेपानी काङग्रेसकी नेतृ मिना पुलामी, नेकपाका नेता आइन्द्रविक्रम बेगालगायतको उपस्थिति रहेको थियो । उद्घाटन पछि सभामुख भण्डारीले स्टलहरु अवलोकन गरेका थिए ।