धरान / भारतमा बसेर साहित्य क्षेत्रमा कलम चलाउदै आएका सुरेन्द्र लिम्बू ‘परदेशी’ले नयाँ ‘बाद’ बहस शुरु गरेका छन् । शनिवार धरानमा प्रस्तावित ‘नव–आयामवाद’ विचारमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
धरान–४ स्थित धरान मोडल कलेजमा शनिबार आयोजित कार्यक्रममा नेपालको पूर्वी क्षेत्रका वरिष्ठ विद्वानहरुको उपस्थितिमा उनले चलाएको ‘वादमाथि विर्मश भएको हो ।
कार्यक्रममा अहिलेसम्म देखापरेका अनेकवाद, विचार र दर्शनहरूको चर्चा गर्दै नव–आयामवादको पृकताबारे विमर्श गरिएको थियो । प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. रामजी तिमल्सिना, विद्वान गोविन्द तिमल्सिना, प्रा. जीवन राई, प्रा. इन्दिरा मिश्र, साहित्यकार गिरिराज आचार्य, उत्तरवर्ती सोचका प्रवर्तक राज माङ्लाखक, तर्क दर्शनका प्रवर्तक चेवन श्री आदिले आ–आप्mनो धारणा राखेका थिए ।
साहित्यकार लिम्बुले नव–आयामवादका १० वटा मान्यताहरु समेत कार्यक्रममा सार्वजनिक गरेका थिए । नव आयमवादले सबैखाले वैचारिक नविकरणमा पुनर्विचार चाहने साहित्यकार लिम्बुले बताए ।
विचारका प्रस्तोता अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र लिम्बू परदेशको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन प्रा.डा. न्यौपानेले गरेका थिए ।