धरान / धरान उपमहानगरपािलका–१८ स्थित होटल कान्तिपुरमा एक युवतीकाे लास फेला परेकाे छ । धरान–१९ की २८ वर्षिय रीता राई शुक्रबार दिउँसो करिब साढे ३ बजेको समयमा होटलको एक कोठामा मृत फेला परेकी प्रहरीले जनाएकाे छ । हाेटलवालाले घ६्उनाबारे प्नरहरीलाई जानकारी गराएकाे थियाे । शवको शव पोष्टमार्टमको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारनमा लगिएकाे छ । मृत्युको कारणबारे अनुसन्धान भइहरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमनकुमार तिम्सिनाले बताए । उनी कहाँबाट िकन हाेटल अाएकी थिइन भन्ने विषयमा अनुसन्धान भईरहेकाे उनले बताए ।