धरान / प्रदेश सभा बैठक ११ गतेसम्म स्थगित छ । बैठक नचलेको बेला प्रदेशसभा सभामुख प्रदिपकुमार भण्डारीलाई गृह नगर धरानमा कार्यक्रममा भ्याईनभ्याई हुन्छ । दैनिक ३÷४ वटा कार्यक्रम भ्याउदै आएका छन् । प्रदेश सरकारले सभामुखका लागि विराटनगरमा अहिलेसम्म आवास उपलब्द नगराउदा दैनिक धरानबाट ध्याउदै आएका सभामुख भण्डारी विहान बेलुका पनि कार्यक्रमलाई समय दिदै आएका छन् ।
शनिवार ३ चार वटा कार्यक्रम भ्याउछन् । अन्य बार पनि विहान बेलुका दुईटासम्म कार्यक्रममा सहभागी भएकै हुन्छन् । शनिवार विहान ७ बजे सेवक अभियानको हिडौ स्वस्थ्य भनौ भन्ने अभियानको प्रमुख अतिथि भएर धरानदेखि ३ किमी पूर्व देउरालीसम्म पुगे । सबैलाई हिडाउने उद्देश्यले सेवक अभियान अन्तर्गत ५० पटकको यात्रामा सभामुख भण्डारी, समाजिक विकास मन्त्रि जीवन घिमिरे, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, उमिता बराईलीलगायत ५ सय धरानेहरुले यात्रा गरेको अभियानकर्मी राजिव हलवाईले बताए । 

उक्त कार्यक्रम लगतै ११ बजे श्रीहिमालयन महायान देक्षेन क्षोलिङ गोन्पाको ४३ औ साधारणसभामा सहभागी भए । बौद्ध कर्मकाण्डको महत्वपूर्ण दस्तावेज ठोटोल(अन्तरभाव श्रवण महविभुक्ति) पुस्तकको विमोचन गर्न भ्याए । 

यस कार्यक्रमको लगत्तै विजयपुर आध्यात्मिक मञ्च विजयपु40337651_1898698583511211_2452782945740521472_nर निर्माण गरेको दन्तकाली मन्दिर जाने बाटोको रेलिङ उदेघाटन तथा सुनसरीका प्रमुख धामबारे लेखिएको पुस्तकको विमोचन कार्यक्रममा सहभागी भए । उक्त पुस्तक पिण्डेशवर विद्यापीठका प्राडा भरतप्रसाद भट्टराईले लेखेका थिए । लामो समय धरानको शिक्षा सदन माविमा अध्ययपन गरेका सभामुख भण्डारीलाई सभामुख भए पछि आफ्नो गृह नगरमा प्रमुख अतिथि भएर कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई हुने गरेको छ । समय अभावले कतिपय कार्यक्रम अस्वीकृत गर्नु पर्ने अवस्था समेत आउने गरेको सभामुुखका स्वकीय सचिव गिरीराज अधिकारी बताउछन् ।

प्रदेशको अस्थायी राजधानी विराटनगर तोकिए पनि सभामुख धरानबाटै नियमित ३६ किमी विराटनगर धाउदै आएका छन् । बैठक हुदा र कुनै महत्वपूर्ण कुरा बैठकबाट पारित गर्ने बेलामा विहानै विराटनगर पुग्ने गर्छन । सचिवालयमा कुनै काम नभएका बेला आफ्नो गृह जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् । विराटनगरमा बैठक चलेका बेला पनि विहान वेलुका कार्यक्रम भ्याउने गरेको सचिव गिरी बताउछन् । ‘साथीभाईहरुले निमन्त्रणा गर्छन्, अस्वीकार गर्न सकिदैन् ।’–सभामुख भण्डारीले भने–‘भ्याएसम्म सबैको मन राखि दिने गरेको छु ।’

कार्यक्रमको विषयमा केन्द्रीत भएर बोल्ने, समयमा आउने र अरुको पनि कुरा सुनेर कार्यक्रम अवधीभर बस्ने सभामुखको बानीले प्रायः संघ संस्थाहरुले भण्डारीलाई नै बोलाउने गरेका छन् ।
३६ बर्ष शिक्षा क्षेत्रमा काम गरेका भण्डारी गत बर्षको प्रदेश सभाको निर्वाचनमा सुनसरी १ कबाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । माघ २९ गते प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए । पहिलो संसदीय यात्रामा सभामुख बनेका भण्डारीको विगत शिक्षक भएकाले उनी समयको बढि ख्याल गर्छन । हरेक कार्यक्रमको सवभन्दा पहिले पुग्ने र कार्यक्रम अवधी भर बसेर अरुको पनि कुरा सुन्ने.नेतामा उनी दरिएका छन् । प्रदेशसभा बैठकहरु पनि प्राविधिक समस्याबाहेक नियमित समयमै हुने गरेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

Eden-_High_1527121893