धरान / सुनसरी उद्योग बाणिज्य संघ धरानले उद्योगी एंव व्यवसायीहरुको हक अधिकार एंव दण्ड जरिमाना र श्रम सम्बन्धि जानकारी गराएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरि ५५ औं बार्षिक उत्सवको अवसरमा उद्योगी व्यवसायीहरुलाई आफ्नो हक अधिकारवारे जानकारी गराएको हो । कार्यक्रमको सहजिकरण प्रदेश नं. १ उद्योग बाणिज्य महासंघका कानुनी सल्लाहाकार अधिबक्ता सूर्यकुमार विमलीले गरेका थिए ।
कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारी प्रमुख अतिथि रहेका थिए । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अवको आर्थिक क्रान्तिका लागि उद्योग व्यवसायलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नु पर्ने सभामुख भण्डारीले बताए । करका विषयमा अहिले भएको हौवा गलत भएको बताउदै कर स्थानीय तहले कर कति लिने भन्ने आर्थिक ऐनले तोकेकाले गलत प्रचार गर्न आवश्यक नभएको सभामुख भण्डारीले बताए । उनले कर सम्बन्धि देखिएको समस्याबारे उपमहानगरसँग बसेर उद्योग बाणिज्य संघले समन्वय गरि पुलको काम गर्न सुझाएका छन् ।
कार्यक्रममा प्रदेश सांसद उमिता बराईली, आनतरिक राजस्व कार्यलय धरानका कर अधिकृत देव नारायण पौढेल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्ताेष काफ्ले, घरेलु उद्योग विकास कार्यलयका प्रमुख महिमनारायण साह, सुनसरी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सरोज श्रेष्ठलगायतले बोलेका थिए ।