धरान / महिला सञ्जाल धरानको आयोजानमा आर्थीक समृद्धिका लागि “महिला उद्यमी मेला २०७५ धरानमा लाग्ने भएको छ । यहि भदौ १७ गतेदखि १९ गतेसम्म लाग्ने उक्त मेला धरान १० शैनिक भवनमा लाग्ने बुधबार सञ्जालले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
मेलामा स्थानीय वस्तुको चिनारी संगै महिला उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणलाई प्रोत्साहन दिइने भएको छ । सुनसरी क्षेत्रहरुमा उत्पादित घरेलु वस्तुका सामग्रीहरू त्यसमा प्रयोग गर्ने हस्तकलाजन्य सामग्रीहरूको बजार प्रवर्द्धन गर्ने अवसर प्रदान गर्न र महिला उद्यमीलाई प्रोत्साहन गर्न मेलालाई तिजको माहोल नजिक आयोजना गरिएको सञ्जालकी अध्यक्ष सविता राईले बताईन । जम्मा २० वटा स्टल रहने मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला सामग्री,जुत्ताचप्पल, साडी कुर्ता, हातेझोला, अर्गा्निक तरकारी र वस्तु, नेपाली खाजा परिकार, स्थानीय तयारी खाद्यान्न सामग्री, विशेष तिज सामग्री लगायत सामग्रीहरूको किनबेच हुनेछ ।
मेलामा सामग्री किनबेच मात्र नभएर उद्यमी तथा व्यावसाय बीच अन्तरक्रिया र तीज विशेष नृत्य प्रस्तुती समेत हुनेछ । तीज विशेष नृत्य प्रस्तुतीमा महिला दिदीबहिनीहरूको कलालाई महिला सञ्जालद्वारा नै अजलोकन गरी उत्कृष्ट ५ जनालार्य उपहार समेत प्रदान गरीने बताइएको छ ।
उद्यमी महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र बजारमा ल्याउनका लागी मेलाको आयोजना गरिएको महिला सञ्जालकी अध्यक्ष सबिता राईले बताएकी छिन् । जसले गर्दा महिलाहरूले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न सक्ने क्षमता बढाएर स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पु¥यान सहज हुन्छ ।
तिजको समयमा सबै महिला दिदीबहिनीहरूले सामग्री किनमेल गर्ने भएको कारणले महिला उद्यमीहरूले नै उत्पादन गरेको सामग्री महिला दिदस्बहिनीहरूसमष पुर्याउन सहज हुने हुनाले तिज आउनुभन्दा अघि नै मेलाको आयोजना गरिएको महिला सञ्जालकी बरिष्ठ उपाध्यक्ष चेतना श्रेङले बताइन् ।
महिला उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरण साथै महिला उद्यमीलाई प्रोत्साहित गराउनु, उत्पादनकर्ता र उपभोक्ताबीच प्रत्यक्ष अन्तर्क्िरया गराउनु र उत्पादित वस्तुको सम्भावित बजार र चुनौती विषयक व्यापारि र व्यावसायीहरुबीच अन्तरक्रिया गराउनु मेलाको मुख्य उद्देश्य रहेको सञ्जालकी अध्यक्ष राईले बताएकी छिन् ।