धरान  / धनकुटा सागुरीगढी गाउँपालिका ६ कोलवोटेमा सुनसरीबाट घुम्न गएकाे बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको भने घट्नामा १६ जना घाइते भएका छन् । इनरुवादेखि भेडेटारको नमस्ते झरना  घुम्न हिडेकाे काे १ ख ३५८३ को नम्बरको यात्रुवाहक बस झरना नजिक रहेको कोलबोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे जनाएको छ । तालिम सकेर भेडेटारको नमस्ते झरना घुम्न गएका ३५ जनामध्ये बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका ४८ बर्षीय राजेन्द्र चन्द्रवंशीको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो । घाइतेहरु बराह गाउपालिका, भोक्राहा र इनरुवा नगरपालिकाका स्थानीय रहेको बताइएको छ । उनीहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । केही भेडेटा स्वास्थ्य चाैकीमा उपचार पछि घर फर्केका छन् ।
सुनसरीको भोक्राहामा नेपाल विद्युत प्राधिकरणले शव स्टेशन बनाउने भएपछि त्यहाका स्थानीयलाई प्राधिकरणले सोही स्थानको युवा प्राथमिक विद्यालयमा ७ दिने तालिम दिएको थियो । तालिमको अन्तिम दिन सहभागीहरु सागुरीगढीमा भएको नमस्ते झरना घुमाउन लगेको थियो ।
यात्रु वाहक बसमा जम्मा ३५ जना सवार थिए । घट्ना स्थलबाट जिल्लाप्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङ्गको कमाण्डमा गएको ३० जनाको प्रहरी टोलीले उद्धार गरेको थियो ।
बसका चालक बराह १० प्रकासपुर बस्ने वर्ष ३२ का भिसेन कविराज घट्ना लगत्तै फरार भएका छन् । सह–चालक सोही वडा बस्ने वर्ष २३ का जीवन दर्नाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।