वि.सं. २०७५ साल भदौ १३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २९ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, १९:३५ बजेउप्रान्त चतुर्थी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । आर्थिक कारोवारमा बिवाद बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेकोे र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ सचेत रहनुहोला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल