उदयपुर / सर्वसाधारणलाई चर्को ब्याजदरमा ऋण लगानी गरि ब्याज असुली गरेको आरोपमा पक्राउ परेका शिक्षक मणिराम श्रेष्ठ धरौटीमा छुटेका छन्र्खी । ठगी आरोपमा पक्राउ परेका परेका शिक्षक श्रेष्ठ ८३ हजार धरौटी राखी सोमबार रिहा भएका हुन । उदयपुरको बेल्टार घर भइ सप्तकोसी नगरपालिका वडा न १ स्थित मदर मेमाेरिइल बाेडिङ स्कुलमा पढाउदै अाएका श्रेष्ठले सर्वसाधारणको सुनचादी धरौटीमा राखी चर्को ब्याज असुली गर्दै आएका थिए। ईलाका प्रहरी कार्यालय बेल्टारको टोलिले सुचनाको आधारमा श्रेष्ठ लाई २३ थरिका सुनका गहना करिब १० तोला सुन सहित बेल्टारस्थित राष्ट्रिय बैंक अगाडि साउन १७ गते पक्राउ परेका थिए । ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गङ्गा पौडेलले बताए । बैंकमा १३ प्रतिशतमा सुन धरौटीमा राखी ३० प्रतिशत सम्ममा सर्वसाधारणलाई ऋण लगानि गरेको देखियो प्रहरी निरीक्षक पौडेलले भने -'निजको बैकिङ ढड्डा चेक गर्दा ६० देखि ६५ लाखसम्मको कारोबार देखिन्छ ।'