इनरुवा  / कोशी आसपास क्षेत्रका माझी समुदायको पेशा संकटमा परेको छ । सुनसरीका माझी समुदायहरुको पेसा सङकटमा पर्न थालेको छ । उनीहरुको पूख्र्यौली पेशाको रुपमा रहेको माछा मार्ने पेशा सङकटमा पर्न लागेको माझी समुदाहरुले बताएका छन् ।
आफुहरुको पेशामा विभिन्न जातिको प्रवेस भएका कारणले आफुहरुको पेशा तथा व्यवसाय सङकटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताए ।
सदा, उराँव, मुस्लिम, लगायतका विभिन्न जातिको माछा मार्ने पेशा नभएपनि माछा मार्ने कार्य गर्ने गरेका कारण आफुहरुको व्यवसाय सङकटमा पर्न लागेको मुखियाले बताए ।
ज्ञान र सिपको अभाव लगायतका कारण अन्य समुदायहरुले माछा मार्ने गरेकाले मार्नुपर्ने माछा नमारेको र नमार्नेु पर्ने माछा मारेकाले आफुहरुलाई समस्या हुने गरेको कोसी गाउपालिका ३ का मदन मुखियाले बताए ।
अन्य समुदायहरुले माछा मारेकाले आफुहरुले माछा मार्नका लागि जादा भने जतिको माछा मार्न नसकेको र मारेपनि बजारको मांग भन्दा बढी माछा बजारमा आउने गरेकाले माछा समेत विक्रि नहुने गरेको उनीहरुको भनाइ छ ।
आफुहरुको पूख्र्यौली पेशाको रुपमा माछा मार्ने पेशा भएपनि विभिन्न जात तथा समु्दायले माछा मार्ने गरेका कारण जिविको पार्जन गर्न समेत समस्या हुने गरेको कोसी गाउपालिका ३ का राजेश्वर मुखियाको भनाइ छ ।
माछा मारेरै घर परिवार चलाउदै आएका माझी समुदायहरुलाई अहिले यो पेशामा विभिन्न समुदायको प्रवेसका कारण समस्या हुने गरेको मुखियाले बताए ।