वि.सं. २०७५ साल भदौ ११ गते। सोमबार। इश्वी सन् २०१८ अगस्ट २७ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:५० बजेउप्रान्त द्वितीया।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । रोकिएको धन पाइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अधुरो काम बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्चिलो यात्रा रहला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला । वैदेशिक क्षेत्र कमजोर रहला । - ज्यो.प. नारायणप्रसाद दुलाल