• प्रदेश न.. १ का सभामुख र धरान नगर सरकारकाे शुभकामना सन्देश

धरान / प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै यज्ञोपवीत फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।
यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।
आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो । आज ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
“पूर्णिमाको व्रत भदौ भने भदौ ९ गते अर्थात् आजै गरिन्छ, व्रतमा चन्द्रमा पूजा गरिने भएकाले सायंकालमा पूर्णिमा परेको दिन गर्नुपर्छ, आज दिउँसो २ बजेर २७ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुन्छ”, उनने भने ।

  • आज सार्वजनिक विदा

१ र २ नम्बर प्रदेश सरकारले जनै पुर्णिमाको अवसरमा आईतबार सार्वजनिक विदा दिएका छन् । दुवै प्रदेश सरकारका प्रबक्ताहरुले जनै पुर्णिमामा बिदा दिइएको बताएका छन् ।


सभामुख भण्डारीद्वारा शुभकामना सन्देश जारी

pradip_sir
१ नं. प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले रक्षा बन्धन पुर्णिमाको अवसरमा अन्तराष्ट्रिय लैङगिक समानता दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
नेपाल विभिन्न जातजाती धर्मसंस्कृतिको धनी भएको देश भएकाले विविध धर्म सस्कृतिले प्रदेशका नागरिकलाई एक आपसमा भाईचार र भात्रृत्व निर्माण गर्न भूमिका निर्माण गरेको सभामुख सचिवालयले जारी गरेको सन्देशमा उल्लेख छ । धर्म,संस्कार र संस्कृतीले समाजलाई एकबद्ध बनाउने समेत सन्देशमा भनिएको छ ।


धरान उपमहानगर कायैवहाक मेयरद्वारा पनि शुभकामना व्यक्त

manju धरान उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले पनि रक्षबन्धन तथा अन्तराष्ट्रिय लैङगिक समानता दिवसको अवसरमा शुभकामना ब्यक्त गरेकी छिन् ।‘यस अवसरमा आफ्नो सांस्कृतिक रितिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्ने थप प्रेरणा प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्दै धरानको विकास र समृद्धिका लागि आपसी सहयोग, सकारात्मक भाव, सहिष्णुता र थप ऊर्जा यो पर्वले भित्र्याओस भन्दै हार्दिक सहभाव व्यक्त गर्दछु ।’–कार्यवहाक नगर प्रमुख भण्डारीले शनिवार साँझ जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘

’धरान उपमहानगरपालिकाले धर्म, संस्कार तथा संकृतिहरूलाई अमूल्य निधिको रुपमा लिएको र यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति समेत लिएको सन्देशमा उल्लेख गरिएको छ ।‘
आईतबारनै पर्ने अन्तराष्ट्रिय लैङ्गिक समानता दिवसको अवसरमा पनि कार्यवहाक नगर प्रमख भण्डारीले शुभकामना व्यक्त गर्दै लिङ्गका आधारमा हुने सबैखाले विभेदहरू हटाउँदै विभेदरहित समाज निर्माण गर्ने अभियानमा जुट्ने प्रेरणा सबैमा मिलोस भन्ने सन्देश जारी गरिएको छ ।