• सिर्जना नेपाल

धरान / नेपालको संविधान २०७२ ले महिलाको सम्मानजन उपस्थिति सुनिश्चिता गरेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले बताएका छन् । सम्पति माथिको दम्पतिको समान अधिकार अधिकार संविधानले दिएको बताउदैं अव राजनीतिक अधिकार स्थापीत भईसकेकाले महिलाको समाजिक न्यायका लागि लड्नु पर्ने मन्त्रि घिमिरेले बताए ।
शुुक्रकार धरानमा भएको महिला सञ्जाल धरानको ४ औ पदस्थापन कार्यक्रममा घिमिरेले बालविवहा, महिला हिंसालगायत समाजिक विकृती विरुद्ध प्रदेशकै नेतृत्व यस सञ्जालले लिनसमेत आग्रह गरे । विभिन्न २३ वटा महिला अधिकारवादी सामाजिक संस्थाहरुको साझा संस्था सञ्जालको नव निर्वाचित अध्यक्ष सविता राई नेतृत्वको कार्यसमितिको पदस्थापन गरिएको हो । सोही अवसरमा सञ्जालले प्रकाशन गरेको ‘शक्ति’ नामक स्मारिकाकोसमेत विमोचन गरिएको थियो । कार्यक्रममा प्रदेश सभाकी सांसद उमिता बराईली, धरान उपमहानगर पालिकाका कार्य बाहक मेयर मन्जु भन्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेलगायत विभिन्न संघ सस्थाका प्रमुखहरु,विभिन्न पार्टीका प्रमुखहरुका आतिथ्यमा भएकाे थियाे । शिला बज्राचार्यले नयाँ समितिलाई कार्यभार हस्तान्तरण गरेकी थिईन ।  सञ्जालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सोही अवसरमा आभारसमेत व्यक्त गरिएको थियो । 

39994511_1902662529815606_7797670102647701504_n 39970193_290074948450467_2740496736110772224_n