धरान / धरानमा अन्तरजातीय विवाह गरेकी धरान वडा नम्बर ५ की यमुना विकको विचल्ली भएको छ । उनलाई विवाह गरेर गएको केटा पक्षका परिवारले सानो जातकी भएका कारण अस्वीकार गरेपछि आफुलाई न्याय र दोषीलाई कार्वाही गरिपाउँ भनी पीडित युवती र परिवारजन विहीबार इलाका प्रहरी कार्यालय धरान सम्म आइपुग्न वाँध्य भएका छन् । धरान –१७ स्थित २१ वर्षिय गणेश भनिने विशाल खड्काले विकलाई प्रेम विवाह गरेर घर लगेपनि खड्का परिवारले दलित जातको केटी भनेर थाहा पाएपछि युवतीको विचल्ली भएको छ ।

पीडित विक र उनको परिवारले इलाका प्रहरी कार्यालयमा न्याँय पाऊ भनेर विहीबार उजुरी दिएका छन् । साउन २९ गते खड्काले विकलाई घरैमा गएर विवाह गरौं भनेर धरान १७ स्थित घरमा लगेका थिए । खड्काका परिवारले जात सोधेपछि दलित भएको थाहा पाई घर पस्न नदिएपछि विकलाई साथीको घरमा लगेर राखेका थिए । प्रहरीमा आज दलित संघसस्थासँगै उजुरी गर्न आएकी युमनाले भनिन,“ मलाई घरैमा लिन गएको हो , उस्को घरमा लग्यो , जात ढाँट्न लगाएर मगर थरकी भन्न लगाएको थियो तर मैले जातच ढाँटिन । उस्को परिवारले कामी दमाईसँग हाम्रो संवन्ध हुदैन भन्यो ।”घर परिवारले उनलाई स्वीकार नगरेपछि खड्काले साथीको घरमा लगेर राखेका छन् । तर अहिले खड्कालाई उनलाई छाडेर सम्पर्क विहीन भएपछि आफु विचल्ली परेको भन्दै धरानका दलित संघसस्थाहरुको सहयोगमा पीडितका वुवा पुर्ण बहादुृर विकले कानुनी कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

निवेदनमा पीडक खड्काले आफ्नो छोरी दलित भएकै कारण विचल्ली पारेको भन्दै जातीय छुवाछुत तथा कसुर सजाय ऐन वमोजिम कार्वाही हुनु पर्ने माग गरेका छन् । निवेदन वुझ्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले पीडकलाई पक्राउ गरी जति सक्दो कानुनी कार्वाहीमा अनुसार कार्वाही गर्ने प्रतिवद्धता व्यतm गरेका छन् । यमुना र गणेशवीच एक महिना अघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफन्त उपचारको क्रममा भेट भई प्रमे भएको थियो । शुरुमा सामान्य चिनजान पछि आफुहरुको फेसवुक मार्फत प्रेम भई विवाह भएको पीडित युवतीले वताएकी छन । यसैवीच पीडित परिवारको उजुरीको आधारमा विहीबार नै वडा नम्बर १७ रेल्वेकी आफ्नो छोराले दलित समुदाय विश्वकर्मा जातिकी केटी ल्याएको भन्दै अस्वीकार गर्ने गणेशकी आमा सीतालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।