वि.सं. २०७५ साल भदौ ८ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट २४ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– त्रयोदशी, १२:२६ बजेउप्रान्त चतुर्दशी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम सम्बन्ध कसिलो हुनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ कामको प्रस्ताब आउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नाक तथा घाँटीमा समस्या आउला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र हिम्मत बढ्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगछ । भौतिक साधन जुटाउने समय छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ । चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा समस्या आउला । खर्चको मात्रा बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल