धरान / धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा आउने भक्तजनबाट ४ लाख सहयोग संकलन भएको छ । भगवान शिवजीको प्रिय महिना साउन महिनामा जल चढाउने भक्तजनबाट सो रकम संकलन भएको हो । देशभरका शिव मन्दीरहरुमा जल चढाउनेहरुको भिड लाग्ने गर्दछ । सप्तकोशी नदीको पानी लिएर धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम आउने भिड पनि बर्षेनी बढ्दै गएको छ ।
यस वर्षको साउन महिनामा मात्रै ४ लाख भक्तजनहरुले सहभागि भएका छन् । भक्तजनहरुको भिड बढ्दै गएकाले यस वर्ष पिण्डेश्वर मन्दिर साउन महिना भरि नै खुल्ला गरिएको थियो । साउन १ गते देखि ३१ गते सम्म मन्दिरमा पुजा गर्न आउने ४ लाख भक्तजनहरुबाट साढे १० लाख रुपैया पनि आर्थिक सहयोग पनि संकलन भएको पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकास वनेपालीले जानकारी दिए ।
पुर्वको झापा देखि कञ्चनपुर सम्मका भक्तजनहरुको उपस्थिती रहेको बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले जानकारी गराए । उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनहरु बढेका छन्, धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएको छ । समितीले साउन महिना भरि आयोजना भएको बोलबंम मेलाबाट १० लाख ४३ हजार ८ रुपैया पनि आम्दानी भएको सार्वजनिक गरेको छ । समितीका अनुसार भक्तजनहरुबाट ७ लाख ४४ हजार ८ सय रुपैया, बजार व्यवस्थापनबाट ६४ हजार र महाआरतीबाट २ लाख ३५ हजार रुपैया सहयोग संकलन भएको छ । संकलित रकमलाई धार्मिक पर्यटनको रुपमा विकाश गर्न खर्च गरिने बनेपालीले बताए । मेलालाई व्यवस्थापन गर्न समितीले ६ वटा सिसि क्यामेरा पनि जडान गरेको छ । १४ नम्बर वडा समितीको सहयोगमा मन्दिर परिशरमा क्यामेरा जडान गरिएको हो । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको संख्या वृद्धि हुदै गएकाले व्यवस्थापनमा चुनौती पनि थपिदै गएको बनेपालीको भनाई छ ।