धरान / प्रदेश नं. ! का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदका अवसरमा प्रदेश तथा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । भण्डारीले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यी र यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो प्रदेशमा राष्ट्रिय एकता, धार्मिक सहिष्ण’ता एवम् आपसी सद्भाव कायम गर्न योगदान पू¥याएको बताएका छन् । सभामुखको सचिवालयबाट जारी सन्देशमा हामी सम्पूर्ण प्रदेशवासीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई कायम राखी प्रदेशको सर्वोपरिहितमा काम गर्न भनिएको छ ।

उनले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त प्रदेशमा मनाइने इदजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने बताए । यो पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको उनले बताएका छन् ।