धरान / बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि धरानले २४ औं वार्षिकोत्सव मंगलबार धरानको भानुचौकमा मनाएको छ । वार्षिक उत्सवको अवसरमा विहान रतmदान कार्यक्रम ग¥यो भने दिउँसो भने बार्षिक उत्सवको  उद्घाटन प्रदेशसभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए । ७ हजार भन्दा बढी ग्राहकहरुलाई पुरस्कार प्रदान गरेको छ । वार्षिकोत्सवको अवसरमा धरान स्थित लोकतान्त्रिक चौतारीमा आयोजना गरेको कार्यक्रममा १ वर्षको अवधिमा १० हजार रुपैया देखि २० लाख रुपैया सम्मको बराह डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्ने ७ हजार २ सय ७४ जनालाई पुरस्कार प्रदान गरेको हो । बराहमा २०७४ साल भदौ देखि ७५ साल साउन अन्तिम सम्ममा १३ हजार ग्राहकहरुले सामान खरिद गरेका थिए । उनीहरुलाई खरिद रकमको आधारमा पुरस्कार प्रदान गरिएको छ । अघिल्लो वर्ष ४ हजार ग्राहक संख्या रहेको बराहमा १३ हजार ग्राहक संख्या पुगिसकेका छन् । प्रालिको ज्वेलरी अन्र्तगत सर्वाधिक खरिदकर्ता दमककी पार्वती लिम्बु, धरानकी देवी श्रेष्ठ र मधु श्रेष्ठलाई १ तोलाको गोल्डमेडल प्रदान गरिएको छ । त्यसै गरि ब्यापार व्यवसायमा प्रालिमा अभिभावकत्व प्रदान गर्ने अमर बहादुर लिम्बु, गंगा प्रसाद रेग्मी, सुमित्रा राई र सोममाया लिम्बुलाई पनि सम्मान गरेको छ । प्रालिले संचालन गरेका डिपार्टमेन्ट स्टोर, ज्वेलरी, ट्राभल्स एण्ड टुर्स, सहकारी, रेमिट्यान्स लगायतका सेवाहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना कर्मचारीहरुलाई उत्कृष्ठ कर्मचारीको रुपमा १ तोलाको गोल्डमेडल सहित सम्मान पनि गरेको छ ।

इन्द्र बराह स्मृति पत्रकारीता पुरस्कार वितरण

39715642_255999848365555_70497623261315072_n  

विगत डेढ दशक अघि देखि आर्थिक तथा धरानको विकाशमा कलम चलाएका ३ जना पत्रकारहरुलाई ईन्द्र बराह स्मृति पत्रकारिता पुरस्कार पनि प्रदान गरेको छ ।

प्रत्येक वर्ष वार्षिक उत्सवको अवसरमा पारेर प्रदान गरिने पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । मंगलबार उत्सवकै अवसरमा धरानको अग्रज पत्रकार गिरिराज आचार्यलाई १५ हजार रुपैया सहित ईन्द्र बराह स्मृत पत्रकारिता पुरस्कार र नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रिय सदस्य निलिफा सुब्बा र औजार दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारलाई जनही ११ हजार १ सय ११ रुपैयाको ईन्द्र बराह स्मृती प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी, बराहका अध्यक्ष शिव कुमार लामिछाने शाखा प्रमुख मान बहादुर दियालीले पुरस्कृतहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

 ८ सय ५० पिन्ट रगत संकलन

blood

बराहले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा यो समाचार तयार पारुन्जेल सम्म ८ सय ५० पिन्ट रगत संकलन गरेको छ । धरानलाई रक्तदाताहरुको शहरको रुपमा परिचित गराउँदै आएको बराहले प्रत्येक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ । अघिल्लो वर्ष १२ सय रगत संकलन गर्न सफल भएको थियो । विहान ७ बजे धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले रक्त्तदान कार्यक्रमकाे उद्घाटन गरेकी थिइन ।

39872765_875136599540678_5048280542261280768_n 37977784_2193464600680922_2853123371456004096_n