धरान / जनता मिडिया समुहद्वारा संचालित जनटाइम्स डट कममा नेपाल पत्रकार महासंघ प्रदेश पार्षद भोला श्रेष्ठलाई प्रवन्ध सम्पादकको जिम्मेवारी दिइएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठलाई मंगलबारदेखि जिम्मेवारी दिइएको हो । यस अघि लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिक, मर्निङ टाइम्स, फाष्ट दैनिकमा काम गरि सकेका श्रेष्ठ विगतमा शैलुङ आवाजको सम्पादकसमेत रहेका थिए ।
व्यवसायीक पत्रकारहरुद्वारा संचालनमा ल्याइएको अनलाईन पोर्टललाई श्रेष्ठको सहभागीताले थप उचाईमा पु¥याउन मद्दत मिल्ने विश्वास लिइएको छ ।