धरान / प्रदेश नं. १ अस्थायी मुकाम विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको प्रदेश नम्बर १ प्रदेश सरकार मन्त्री परिषदको बैठकले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा भदौ ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता ए‌व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारले विदा दिने निणर्य गरेकाे बताए । 
मुख्यमन्त्रि शेरधन राईको अध्यक्षतामा बसेको बैठकले यसतो निर्णय गरेको हो । प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको थियो । तर उत्तः विदा प्रदेश एकमा रहेका प्रमुख जिल्ला अधिकारीहरुले मानेका थिएनन् ।
के हो बकर ईद
इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोरा नमानेपछि आकासवाणी भई ईश्वरले भने तिमीले मेरा आज्ञा पालना गर्दै अब छोराका सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली कुवार्नी दिने चलन चलिआएको छ ।
बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ । नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली ९कुर्वानी० दिने गरिन्छ ।

कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन दुःखी र विपन्नलाई छुटयाइने गरिन्छ । सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ ।