धरान / गत स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको नेपाली कांग्रेसले जितेका वडाहरु १, २, ५, १४ र १८ मा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क हुने भएको छ । पांचै जना वडा अध्यक्षहरु क्रमशः रोशन अधिकारी, माधवगोविन्द श्रेष्ठ, सन्तोष लिम्वु, कृष्ण भट्टराई र प्रविन राईले संयुक्त हस्ताक्षर गरी वडावासीहरुलाई उक्त कुरा सूचित गराएका छन् । धरान उपमहानगरपालिकाले ऐन, कानुन विपरित र जनहीत विपरित चर्को कर वृद्धि गरेको भन्दै कांग्रेस वडा अध्यक्षहरुले उपरोक्त सेवाहरुको शूल्क निःशूल्क गरेको हो ।
नेकपाको बहुमतको स्थानीय सरकार हुदा पनि जनताको हितमा कुनै निर्णय गर्न नसकेकाले आफुहरुको वडावासीहरुलाई केही राहत पुगोस भनेर यस्तो निर्णय गरिएको १८ नं. वडा अध्यक्ष नरेन्द्र राई(प्रविण)ले बताए । जनतालाई जनप्रतिनीधि भएको केही राह होस भनेर यस्तो निर्णय गरिएको उनले बताए । ३५ दिनसम्म निःशुल्क भनिए पनि धरान उपमहानगरपाकिाले भने सेवा शुल्क बापत भनेर व्यक्तिगत घट्ना दर्ता गर्दा रु १३० रुपैया लिदै आएको पनि उनले बताए । अव यी वडावासीले कुनै शुल्क तिर्न नपर्ने उनले बताए ।
धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/२०७६ का लागि व्यक्तिगत घट्ना दर्ताका लागि १ सय शुल्क तोकेको छ । यस्तै व्यक्तिगत घट्ना दर्ता प्रतिलीपी प्रमाणिकरण रु २ सय, प्रमाणिकरण रु.३ सय र संशोधनका लागि रु. ५ सय शुल्क ताकिएको छ ।