• खगेन्द्र कार्की

फत्तेपुर / सप्तकोसी नगरपालिकामा पहिलो पटक तरकारी तथा फलफूल प्रतियोगिता तथा प्रर्दशनि भएको छ । सप्तकोसी नगरपालिका कृषि शाखाले आयोजना गरेको बहु क्षेत्रीय पोषण तथा कृषि प्रर्दशनी सप्तकोसी नगरपालिका वडा न ८ स्थित मङलहटियामा भएको हो ।
प्रर्दसनी प्रतियोगितामा सप्तकोसी नगरपालिका वडा न ९ का महेन्द्र यादबले उत्पादन गरेको फर्सी प्रथम हुँदै नगद रु १० हजार सहित सम्मान पत्र प्राप्त गरेको छ  । माँ भगवती कृषक समूहको च्याउ द्ध्तििय भइ नगद रु ७ हजार ,समान पत्र र ९ नं. वडाका कृषक शिवनारायण महतोले उत्पादन गरेको तरकारीका प्रकारले तृतीय हुँदै नगद ५ हजारसहित प्रसंशा पत्र प्राप्त गरेको छ । प्रर्दशनीमा ५२ प्रकारका कृषि उत्पादन राखिएको सप्तकोसी नगरपालिका कृषि शाखाका प्राबिधिक तथा कार्यक्रम संयोजक संञ्जय कुमार मल्लले जानकारी दिए
कृषि प्रर्दशनीका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार शर्माले आफनै बारीमा उत्पादन गरेको तरकारी घमा प्रयोग गरे बालबालिकाहरु कुपोषण हुनबाट बच्ने बताए  । कृषकहरुलाई हौसला दिदै उनले आफुले उत्पादन गरेका तरकारी तथा फलफूल निर्यात गरेर अन्न आर्जन गर्न सक्नु पर्ने बताए । तेस्तै कार्यक्रम कि बिशिष्ट अतिथी उप मेयर आशा चौधरीले बालबालिकाको खानामा घरायसी उत्पादित तरकारी नै प्रयोग गर्न आब्वान गरिन ।
कार्यक्रममा समाजसेबी बिन्देश्वर साफी,मङलहटिया ब्यबस्थापन समितीका अध्यक्ष सितारम चौधरी, कञ्चनरुप नगरपालिकाका कृषि शाखा प्रमुख बेचन सडोक यादब, वडा न ६ का वडा अध्यक्ष कमलनारायण चौधरी ,वडा न ९ का वडा अध्यक्ष चन्द्रनारायण यादब,मत्स्य बिकास केन्द्र फत्तेपुरका प्रमुख जागेश्वर यादबले यस्ता प्रर्दशनी भइरहनु पर्ने बताउदै यसबाट कृषकहरु उत्साही हुने बताए ।
कार्यक्रममा सप्तकोसी नगरपालिकाका स्वास्थ संयोजक जिबछ साहले प्रर्दशनीको उदेश्यबारे बताए ।
५२ प्रकारका तरकारी तथा फलफुलको स्टलहरुमा फर्सी,लौका,कटहर, कुभिन्डो ,करेला, भिन्डी, खोर्सानी, ओल,अनार,अम्बा,आँप लगाएतका तरकारी तथा फलफुल राखिएको थियो । उक्त प्रर्दशनीमा कृषि बिकास शाखाका अमृत चौधरीले स्वागत मन्तव्य राखेका थिए । वडा न ८ का वडा अध्यक्ष केदारप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन महिला तथा बालबालिका शाखा प्रमुख बिष्णु माया नेपालले गरेकी थिइन ।