धरान ÷ धरान उपमहानगरको न्यायीक समितिले एक बर्षको अवधीमा ६४ वटा मुद्धाहरु फैसला गरेको छ ।  समितिले ८७ वटा बैठक सम्पन्न गरेको छ । ८१ व्टा उजुरी मध्य ६४ जनालाई न्याय दिएको छ ।
समितिमा अझै १७ वटा विचाराधिन मुद्धा रहेको उपमहानगरकी कार्यबहाक मेयर तथा न्यायीक समितिकी संयोजक मञ्जु भण्डारीले जानकारी दिईन । दुई वटा मुद्धा भने जिल्ला प्रशासन कार्यलय सुनसरी पठाइएको छ ।
एपमहनगरको न्यायीक समितिका अनुसार, झैझगडा, अंशबण्डा, जग्गा विवाद, घरेलु हिंसा, सम्बन्ध विच्छेदलगायतका मुद्धाहरुको चाप रहेको छ ।

के के कानुन बनायो धरान उपमहानगरले

  • कार्यविभाजन नियमावली २०७४
  • कार्यसम्पादन नियमावली २०७४
  • प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन
  • बैठक संचालन सम्बन्धी कार्यविधि २०७४
  • नगर सभा संचालन सम्बन्धी कार्यविधि २०७४
  • लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४
  • आर्थिक ऐन २०७५
  • विनियोजन ऐन २०७५
  • शिक्षा ऐन र शिक्षा नियमावली २०७४
  • सहकारी ऐन
  • बहाल कर नियमावली २०७५
  • बजार अनुगमन सम्बन्धी कानून आदि ।
  •  

यस्ता छन् उपमहानगरका उपलब्दी

  • नगर गौरवका आयोजनालाइ प्राथमिकताका साथ सम्पन्न गर्ने नीति ।
  • नेपाल सरकार मन्त्रिपरिषदबाट खानेपानि संस्थान धरान शाखाको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा
  • स्तान्तरण हुने निर्णय भएको,
  • धरान खानेपानी बोर्डको कर्मचारी नियमावली लोक सेवा आयोगबाट स्वीकृति भैसकेको ।
  • विजयपुर उपप्रणाली बाहेक अन्य सम्पुर्ण उपप्रणालिहरु अन्तिम चरणमा रहेको र छिट्टै खानेपानी वितरण गरिने
  • नगरलाई पुर्ण रुपमा वालमैत्री घोषणा गर्ने अभियान अन्तर्गत वडा नं। १३ र १४ लाई वाल मैत्री घोषणा गरिएको
  • कार्यालय तथा सम्पूर्ण वडा कार्यालयका लागि दर्ता चलानी सम्बन्धी सफ्टवेयर संचालन ।
  • २० वटै वडा वाट अनलाईन घटना दर्ता हुने गरेको, प्रमाणपत्र कम्प्यूटरबाटैपञ्जिकरणको काम २० वटै वडावाट हुने गरेको ।
  • एकीकृत सहरी विकास आयोजना अनुरुप बजेट तथा कार्यक्रमहरु तयार भई कार्यान्वयन हुनु ।
  • दीर्घकालीन महत्वका र नमूना सडक तथा आयोजनाको निर्माण प्रारम्भ
  • जनपथ सडक निर्माण
  • विजयपुर सडक निर्माण
  • कार्यालय भवन निर्माण
  • नयाँ बसपार्क निर्माण र फोहोर मैला व्यवस्थापनका लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण भई कार्य गरिरहेको।
  • धरानको पर्यटन प्रबर्द्धनका लागि त्जयगकबलम द्यष्न द्यगममजब बिहार निर्माणको सहमति गरिएको।
  • २० वटै वडामा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु
  • धरान(इलाम भगिनी सम्बन्ध विस्तार
  • नगर मेयर स्कुल प्रतियोगिता संचालन सुरुवात
  • नगर गौरबका आयोजना नगर स्तरीय आयोजना र वडा स्तरीय आयोजना गरी प्राथमिकीकरण
  • मागका आधारमा आयोजनाहरुको सूची ९एचयवभअत द्यबलप० तयार ।
  • बालमैत्री र पूर्ण खोपयुक्तको अभियान नतिजा तर्फ ।
  • धरान राजपत्र प्रकाशन गरिएको।
  • तीन वटा नगरसभा सम्पन्‍न।
  • वडा नं। ४,५,६,१७ र २० लाई कृषि क्षेत्र घोषणा गरिएको।
  • धरानलाई खेलकुदका माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने उद्देश्यले रंगशाला लगागत विभिन्न खेलकुद पूर्वाधारको विकास,खेलकुद प्रतियोगिता ।
  • सुकुम्बासी समस्या समाधानका लागि समिति गठन घर नम्बरिङ्ग लगायतका कार्य सम्पन्न भएको नियमावली तयारी भै रहेको।
  • बर्थिङ्ग सेन्टरबाट न्यानो झोला वितरण।
  • २० वटै वडामा तीव्र गतिको इन्टरनेट सुविधा र कम्प्युटर संजाल निर्माण । 
  • जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासका लागी कार्यक्रम
  • नगर स्तरीय ठूला आयोजनाहरुमार्फत नतीजामूलक योजनाहरु सञ्चालनमा आउनु ।
  • मापदण्डको परिपालना इमान्दारिताका साथ गरिएको र सडक अधिकार क्षेत्रअनुसार सडकहरु विस्तार हुनु । (उदाहरण जनपथ, विजयपुर सडक, त्रिभुवनपथ, कैलाशपथ)
  • संघ र प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम थप गरिएको तथा साझेदारीमा कार्य गर्ने रणनीति लिइएको ।