धरान / धरानको प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा।लि।ले यस पटक २४ औ वार्षिकोत्सव भव्य मनाउने तयारी गरेको छ ।
बार्षिक उत्सवको तयारी अन्तिम चरणमा पुगेको विहीबार प्रालीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आगामी भदौ ५ गते मंगलबार धरानको भानुचौक लोकतान्त्रिक चौतारीमा वार्षिक उत्सव मनाउने धरान शाखा प्रमुख मान बहादुर दियालीले जानकारी दिए । विगतको वर्षहरुमा झै गरेको रक्तदान कार्यक्रमलाई निरन्तता दिदैं यस पटक भने १५ सय पिण्ट रगत संकलन गर्ने लक्ष्य लिएको उनले बताए ।
कार्यक्रममा वर्षभरीमा ग्राहकहरुले किनबेच गरेका सामानहरुमा लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकलाई १५० सीसीको सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरिने छ । वर्षभरी बराहमा सामान खरीद गर्ने ग्राहकहरुलाई खरिद बराबरको गिफ्ट ह्यामपर समेत प्रदान गरिनेछ ।सो कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने विविध सास्कृतिक कार्यक्रमहरु, जातिय भेषभुषा, झाँकी प्रस्तुती हुने जनाइएको छ । प्रांलिले यसै बर्षबाट विदेशमा सुनका गरगहनाहरु निर्यात गर्नको लागि आफनै प्रोडक्सन हाउसको सुनचाँदी तथा डिजाईनका हिरा जडित गर गहना उत्पादन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २४ औं वार्षिक उत्सवमा धरानको ३ जना पत्रकारलाई समेत सम्मान गर्ने तयारी रहेको छ ।