धरान / नेकपा विप्लव समुहका केन्दिय सदस्य तथा सुनसरी क्षेत्र न १ का पूर्व संसद किरण राई पक्राउ परेका छन् । उनलाई गत साउन २९ गते ईलाका प्रहरी कार्यालय धरानले धरान १६ बाट पक्राउ गरेको हो । धरान १६ स्थित आफन्तकोमा भेटघाट गर्न गएको वेला प्रहरीले राईलाई राती ९ वजे आफन्तकै घरवाट गिरफ्तार गरी हाल धरान वडा कार्यालय भानुचोकको हिरासतमा राखेको बताइएको छ । सोहि दिन धरानबाट प्रहरीले कार्यकर्ता दिपेश राई,, चन्द्र वुढाथोकी, ,राजेश किरातीलाई पनि पक्राउ गरेको थियो ।

राईलाई ४ महिना अघि पक्राउ गरी झण्डै ३ महिना धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीको विभिन्न प्रहरी हिरासतमा राखेको थियो । अदालतबाट छुट्ने वितिकै उनलाइृ पक्राउ गरिएको थियो । उनीहरुलाई चन्दा उठाएको आरोप छ । अदालतमा भ्याद थप गरि थप अनुसन्धान थालिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।