धरान / १ अर्ब ३१ करोडको लागतमा धरानमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाले १ करोड २ लाख ८१ हजार प्रतिदिन पानी उत्पादन क्षमताबारे बुधबार सरोकारवालाहरुसहित अनुगमन गरेको छ । खानेपानी बोर्ड, आयोजना प्रमुख, धरान उपमहानगर प्रमुख, अनुगमनसमितीसहतिको टोली ट्याङ्की निर्माण स्थित पुगी पानी उत्पादन क्षमता अवलोकन गरेको हो ।
धरान–८ मा ४ वटा ट्युवेल (कुवा) निर्माण गरेको छ । पहिलो कुवाबाट प्रतिसेकेण्ड २१.७३, दोश्रोबाट १८.१८ तेश्रोबाट २२.२२ र चौथोबाट १९.६७ लिटर पानी जमिनमुनीबाट तान्ने गर्दछ । त्यहाँबाट तानेको पानी जंगलमा भएको ट्याङ्कीमा जम्मा हुन्छ । आयोजनाले प्रतिसेकेण्ड ८० लिटर पानी उत्पादन हुने दावी गर्दै आएको थियो । दावी गरे अनुसार पानी उत्पादन भएको अनुगमन पुगेकी धरान उपमहानगरकी मेयर मञ्जु भण्डारीले जानकारी दिईन ।
एशियाली विकास बैङ्कको २६, नेपाल सरकारको २४ प्रतिशत अनुदान, एकीकृत शहरी विकास आयोजनाको ३५ प्रतिशत ऋण र नगरपालिकाको १५ प्रतिशत लगानीमा सन् २०१५ जुलाई १५ बाट शुरू भएको थियो । यस योजनाको म्याद डिसेम्वरमा सकिदैछ ।
यस योजनाबाट ५, ६ र २० नं. वडा बाहेक सबै वडामा पानी पुग्ने आयोजनाका व्यवस्थापक राजु पोखरेलले जानकारी दिए । २८ हजार घरधुरीले २४ घण्टा स्वच्छ खानेपानीको सुविधा पाउने उनले बताए ।
धरान १३ मा रहेको सर्दु र खर्दु खोलाको दुई मुहान तथा धरान १७ को कुम्बी आहाल र सर्दु खोलाको चारकोसे झाडीबाट पम्पिङ सिस्टम (डिप बोरिङ) गरी चार ठाउँबाट पानी उत्पादन गरिएको छ ।
पाईपलाइन जडान अन्तिम अवस्थामा पुगेको व्यवस्थापक पोखरेलले जानकारी दिए । एक महिना भित्र नेपाल खानेपानी संस्थाले विछ्याएको पाइृलाईन र आयोजनाको पाईपलाईनमा पानी मिसाएर जनताको घरघरमा पु¥याउने बताए । १७ नं. वडामा भने पानी वितरण भईसकेको छ ।
नेपाल खानेपानी संस्थानले आयोजनाको पानी पार्इपलाइृनमा जडान गर्न आनाकानी गर्दा समयमा वितरण हुन नसकेको आयोजनाले जनाएको छ । सम्पूर्ण प्रक्रिया पुरा गरि यही महिना धरानमा खानेपानीसबैको घरमा पु¥याउने व्यवस्थापक पोखरेलले दावी गरे ।
संस्थान र बोर्ड विच सम्पति हस्तान्तरण तथा कर्मचारी समायोजनमा समस्या भएको थियो । यस विषयमा गत असार ३२ गते मन्त्रिपरिषदले संस्थानको सम्पति हस्तान्तरण बारे निर्णय गरिसकेकाले रातो कितावमा प्रकासित हुने वितिकै बोर्ड र संस्थानको समस्या समाधान हुने उपमहानगरकी मेयर भण्डारीले जानकारी दिईन ।