धरान /  इलाका प्रहरी कार्यालयमा भरखरे नयाँ डिएसपी सुजनकुमार तिम्सिना आएका छन् । कुनै विवारहित काम गरेर चर्चा कमाएका डिएसपी रामेश्वर पौडेल केन्द्रीय कार्यलय तालिम केन्द्र सरुवा भए पछि जिल्ल प्रहरी कार्यलय पाल्पाबाट उनी धरान आएका हुन ।
गत आईतबार उनले पत्रकार सम्मेलन नै गरि धरानमा भएका गुण्डाहरुको संख्या पत्रकारहरुलाई सुनाएका छन् । उनका अनुसार धरानमा मात्र ७४ जना गुण्डाको सुची तयार पारेको बताए । ती मध्य ८ जना ‘क वर्गको गुण्डा रहेको उनले बताए । , ख श्रेणीमा २३ जना ग श्रेणीमा ४३ जना रहेको उनले बताए । राजनीतिक दलबाट, परिचालित, आफै परिचालित तथा अरुलाई प्रयोग गरेर अपराध गर्नेहरु धरानमा निकै भएको उनले दावी गरे । ‘लागु औषध प्रयोग गर्ने र उक्त किन्न समस्या भए पछि गुण्डागर्दी लाग्ने गरेको पाइयो ।’–डिएसपी तिम्सिनाले भने–‘आर्थिक गतिविधी बढि हुने स्थानमा गुण्डामा े बढि उपस्थिति हुन्छ । सबै खाले गुण्डाहरुको प्रोफाईल तयार भईसकेो छ । अव कारवाही शुरु हुन्छ ।’
केही दिन अघि प्रदेश प्रहरी कार्यलयले गुण्डाहरुकबो वर्गीकरण गरेको थियो । क वर्गमा ११ जनाको नाम सार्वजनिक गरेको थियो । क वर्गका गुन्डा भने तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापामा भएको बताएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले असार १ गतेदेखि नै ‘गुन्डा नियन्त्रण अभियान थालिएको बताए । बर्गिकरणको लिष्ट सार्वजनिक गरिसेके पछि कतिपय गुण्डाहरु प्रहरी पछि लागेको भन्दै प्रदेश छाडिसकेको पनि रिर्पोट आएको उनले बताए । ‘निरन्तर निगरानी गछौं । कारवाहीबाट कोही उम्कने छैनन् । ‘गुण्डा मुक्त प्रदेश हाम्रो अभियान हो ।’–डिआईजी रिजालले भने ।
प्रदेशका १४ जिल्लामध्ये प्रहरीको सूचीमा सबैभन्दा धेरै सुनसरीमा २३ गुन्डा भएको प्रहरीले सार्वजनिक गरेको थियो । सुनसरीमा ‘क’ वर्गका नौ, ‘ख’ र ‘ग’का सात–सातजना सार्वजनिक गरेको थियो । तर धरान प्रहरीले छुट्टै सूची तयार गरेर नियन्त्रण प्रक्रिया शुरु गरेको जनाएको छ ।