धरान / देश भरी बलात्कारको घट्नाको चर्चा भईरहदा धरान उपमहानगरपालिकामा बलात्कारको जघन्य अपराध गुपचुप रहेको सार्वजनिक भएको छ । धरान उपमहानगरपालिका–५ साउने टोलको मदर इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले आफ्नै हाड नातामा जव्वरजस्ती बलात्कार गरेको छ महिना पछि सार्वजनिक भएको छ ।
हाल उनी फरार छन् । ती युवतीलाई कक्षा ११ मा पढ्दैदेखि जव्वरजस्ती योैन सम्पर्क गर्ने र ‘नातामा हुदैन भन्दा मन मिले पछि जे पनि गर्न हुन्छ’ भनेर भन्ने र अन्य परिवारको सदस्यहरुलाई भने हत्या गर्ने धम्की दिएर निरन्तर यौन सम्पर्क गर्ने गरेको सार्वजनिक भएको छ । उनी हाल कक्षा १२ मा पढ्दै थिईन । विहान ४ बजे उठेर उनी करिव ५ किमी टाडा कलेज जान्थिन । करिव १०० मिटर नजिक घर भएका बस्नेत हात मुख धुन विहान बाहिर निस्केका बेला मौका पारेर निरन्तर यौन सम्पर्क गथ्र्ये । बस्नेत ती किशोरीका घरमा नियमित जाने गथ्र्ये । गत फागुन २५ गते विहान निहुरेर मुख धोईरहेका बेला एक्कासी मुख थुनेर यातना दिदै बलात्कार गरे पछि आजित भएकी किशोरी कलेज नै जाने छाडेकी थिईन । कक्षा ११ मा राम्रो अंक ल्याएर पास गरेकी किशोरी कक्षा १२ को परीक्षा दिनै गईनन् । हल्ला गरे परिवार नै सकाउने धम्की दिएकाले अरुलाई मराउनु भन्दा आफै मर्नु निको लागि पटक पटक आत्म हत्याको प्रयास समेत गरेको उनका वावुले बताए ।
दिदीको दुव्यवहारबाट बहिनीले मुख खोलिन
आर्थिक स्थिती कमजोर भएकी ती युवतीकी दिदीलाई पनि गत असारमा बस्नेतका साला पर्ने सिर्जन न्यौपानेले यौन दुव्यवहार गरे पछि बस्नेतकी श्रीमतिलाई भाईले आफुमाथि दुव्यवहार गर्नु भयो सम्झाउनु भन्दा इन्दीरा बस्नेत(सिर्जनकी दिदि)ले बलात्कारै त गरेको होईन रहेछ दुव्यवहार मात्र त गरेको रहेछ नी भनेर जवाफ दिए पछि उनी घर फर्केर आफु माथि भएको दुव्यवहारबारे घरमा सुनाएकी थिइन । सिजृन पनि बस्नेकै विद्यालयमा पढाउने शिक्षक हुन ।
दिदीले सिर्जनले दुव्यवहार गरेको कुरा सुनाए पछि किशोरीले आफुमाथि झमकले निरन्तर बलात्कार भएको परिवारलाई सुनाईन । आफ्नै नाता भित्र यस्तो अपराध भए पछि पीडितका वुवा नाजवाफ भए । दुई बर्ष अघि पनि कक्षा ६ मा बढ्दे गरेकी कान्छि छोरी माथि बस्नेतले यौनजन्य कार्य गरेका थिए । अव चाही सहेर बस्नु हुदैन भनेर नजिकको प्रहरी चौकीमा उजुरी गरे । स्थानीय जनप्रतिनीधिलाई पनि गुहारे । गत असार १० गते इलाका प्रहरी कार्यालय धरानमा पनि उजुरी दिए । तर कतैबाट सुनुवाई भएन । पहुँचवाला भएर उजुरी फिर्ता लिएर घर मै मिलाउन दवाव दिन थाले । कतैबाट न्याय पाउने आशा मरे पछि उनको परिवारले महिला सञ्जाल धरानलाई गत असार १८ निवेदन दिएका थिए । घट्नाको गहन अनुसन्धान गरि महिला सञ्जालक िअध्यक्ष सविता राईको नेतृत्वमा धरान उपमहानगरपालिकाको न्यायीक समिति, इलाका प्रशासन कार्यलय र इलाका प्रहरी कार्यालय धरानमा आईतबार पीडितको उजुरी दर्ता गरेर अभियुक्तलाई तत्काल पक्राउ गरि कारवाही गर्न ज्ञापन पत्र बुझाएको छ । विभिन्न ३१ व्टा महिलाहरुको संस्थाहरुको साझा सञ्जालले दोषीलाई पक्राउ गरि कारवाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पैसा लिएर मिल्न दवाव
घट्ना परिवारबाट बाहिर गए पछि बस्नेतका आफन्तले मिल्न दवाव दिदै आएका छन् ।बस्नेतका साइला भाई सम्शेर बस्नेत(दिपक)लगायतले मिल्न दवाव दिएको किशोरीका बाबुले बताए । ‘३० लाख रुपैया २ कठ्ठा जग्गा दिने निवेदन कतै नदिनु । छोरीहरुको बद्नाम हुन्छ । कतै विक्दैनन भन्दै उल्टै धम्की दिदै आएका छन् ।’–किशोरीका बाबुले भने– मेरी छोरीको जुन हाल भयो । उसबाट अरुको पनि यस्तो हालत नहोस भनेर प्रशासनलाई गुहारेको हो । तर सुनिरहेको छैन ।’
किशोरीलाई मानसिक समस्या
ऋाफ्नै नाता पर्नेले ज्यान मार्ने धम्की दिदै पटक पटक बलातकार गरे पछि आतमहत्या गर्नलाई हात काटिन । कलेज जाने समयमा बलात्कार गर्ने गरेकाले कलेज नै नगए पछि घट्ना नहुने भनेर कलेज जान छाडिन । घर परिवारलाई दिउसोको कलेजमा मात्र पढ्छु विहान नपढ्ने आड लिईन । तर ति झमकका शाखा सन्तानलाई देख्ने वितिकै उनलाई मानसिक तनाव हुन थाल्यो । तनावले एक्लै वर्वराउने, डराउने, जेपायो त्यही बोल्ने गर्न थालिन । उनले अस्वाभाविक गतिविधी गर्न थाले पछि ती किशोरीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानसिक विभागमा १३ अघि भर्ना गरिएको छ । उन ीऔषधी खाएर चिकित्सकको निगरानीमा बसेकी छन् ।
एक दिन अघि झापामा बालिका बलातकार गरेर हत्या गरेको खवर पत्रिकामा पढ्ीछन् । त्यस पछि आफ्नो पनि हत्या हुने भयले रुहेर खाना नै नखाएको उनकी दिदीले बताईन । ‘झमकका परिवार देख्दा, कोही आए र कुरा गर्दा नै उनी विक्षिप्त हुने गरेकीछन् ।’–ती किशोरीकी दिदीले भनिन ।
विद्यार्थीहरुलाई पनि दुव्यवहार
निकै हाईफाइ भएर हिड्ने बस्नेतले आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पनि दुव्यवहार गर्ने गरेको महिला सञ्जालकी अध्यक्ष सविता राईले बताईन । विद्यार्थीहरुलाई अफिसमा बोलाएर सम्बेदनशिल अंंगमा छुने, डाप मार्ने जस्ता गतिविधी गर्ने गरेको उजुरी आएको उनले बताईन । कक्षा ६ मा बढ्दै गरिकी ती किशोरीकी बहिनीलाई दुई बर्ष अघि यौन अंगमा हात हाल्ने, सम्बेदनशिल अंकमा समात्ने जस्ता कार्य गरेका थिए । नातामा इज्जत जाने भयले गुपचुप राखेका थिए । उनको दुव्यवहारबाट जोगाउन छोरीलाई स्कुलबाट निकालेका थिए ।
विचौलियाहरु बचाउन खोज्दै
पीडित परिवारले गत असारमै प्रहरीमा उजुरी दिए पनि विचौलियाहरुको दवावमा उनको उजुरी प्रहरीले दर्ता गरेको थिएन । राजनीतिक केही नेताहरुले प्रहरीलाई फोन गरेर अध्ययन गरेर मात्र अगाडी बढ्नु भनेर फोन गरेको श्रोतले बताएको छ । आईतबार महिला सञ्जालको नेतृत्वमा ज्ञापन पत्र बुझाउने इप्रकामा दवाव दिन आउने खवर पनि अगाडी नै विचौलियाहरुले प्रचार गरेको पाइएको छ
घट्नालाई गम्भीर रुपमा लिएका छौ–डिएपी
इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले असार ८ गते आएको जाहेरी तत्कालिन डिएसपी रामेश्वर पौडेलले नै दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाएको बताए । पीडितले जाहेरी दिन केही ढिलाई गरेकाले अभियुक्त फरार रहेकाले खोजी कार्य भईरहेको उनले बताए । यस्ता जघन्य अपराधको मुद्धामा दवाव आए दवाव दिनेहरुको बारे पत्रकार सम्मेलन गरि उदाङगो पार्ने चेतावनी दिदै डिएसपी तिम्सिनाले पीडितको स्वास्थ्य परिक्षण तथा उपचार प्रहरीको निगरानीमा भईरहेको बताए । यस विषयमा प्रदेश प्हर िकार्यलयले पनि चासो लिएर अभियक्त खोजी गर्न प्रहरी परिचालन गरिसकेको उनले बताए ।