काठमाडौँ / ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिए ।
उनका अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्याँकन दुई खालको आएको थियो । यो कसको लापरबाहीका कारण भएको थियो भन्ने कसूरको अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान गर्नेछ ।