बिराटनगर / बिराटनगर महानगरमा आइतबार दिउँसो भएको बम बिस्फोट घटनाको जिम्मेवारी जयकृष्ण गोइत नामका व्यक्त्तिले लिएका छन । उक्त्त घटना कस्ले गराएको हो भनेर अन्यौल बढिरहेका बेला फेसबुकमा जयकृष्ण गोइत नामका व्यक्त्तिको एकान्टमा पोष्ट गरेर घटना आफुले गराएको जिम्मेवारी लिइएको हो । शसनको बलमा तीन तहको निर्वाचन गराएर मधेशमा मधेशीहरुमाथि अन्याय गरेकोले आफुहरुले बम बिस्फोट गराएको फेसबुकको स्टाटसमा उल्लेख छ । जयकृष्ण गोइत तराई जनतान्त्रिक मुक्त्ति मोर्चाका सँस्थापक हुन । दुई नम्बर प्रदेशको सप्तरी र सिरहामा मुख्य भुगिमत शसस्त्र गतिबिधि गर्दै आएका बृद्ध गोइत लामो समयदेखी भारततर्फ पलायन भएका थिए ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष गोइतले एक विज्ञप्ति जारी गरी आफूहरुले महानगर कार्यालयमा प्रेशर कुकर बम विस्फोट गराएको दाबी गरेका छन् ।

‘हामी दुई जिल्ला सप्तरी, सिरहामा मात्र सीमित छैनौं भन्ने प्रेशर कुकर बम विष्फोट गराएका छौं’, गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् । वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी महागनरपालिकाको भवन र फर्निचर क्षती पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेको छ ।

विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ । उनी मुटुको रोगी भएको बताइएको छ ।