धरान / सफल हिमाल आरोही महिला पत्रकार रोशा वस्नेतलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सम्मान गरेका छन् ।
मोरङको सुन्दरहरैचा –१० की प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ कि एक सदस्य बस्नेतलाई सभामुख भण्डारीले निज निवास धरान १३ मै सम्मान गर्दै शुभकामना दिउका हुन । सभामुख भण्डारीले नेपाली महिला पत्रकारहरुले देशसगै प्रदेश नम्बर १ को नाम उच्च बनाएको भन्दै उनीहरुको प्रशंसासमेत गरिन । प्रदेश नम्बर १ को गौरवको रुपमा रहेका सर्वोच्च शिखर सगरमाथाको आरोण प्रदेश नम्बर १ का महिला पत्रकारहरुले प्रदेश नम्बर १ लाई विश्वमा चिनाएको वताए ।
वस्नेतलार्ई सभामुख भण्डारीले प्रदेश नम्बर १ को पर्यटन प्रवर्धनसँगै यसको प्रचार प्रचार गर्न सहयोग गर्न आग्रहसमेत गरेका छन् । सम्मान पछि वस्नेतले आफु प्रदेश नम्बर १ को स्थाइ वासिन्दा भएको कारण यस क्षेत्रको पर्यटन प्रवद्र्धनसगै महिला शसक्तिकरण र युवा जागरणको क्षेत्रमासमेत कार्य गनेृ बताइृन ।
राष्ट्रिय समाचार समितिमा अंग्रेजी समाचार सम्पादकको रुपमा काम गर्ने बस्नेत सुन्दर हरैचा नगरपालिकाको विराटचोकबासी हुन् । सगरमाथा आरोहणं गर्ने योजना ल्याउने उनी नै हुन । प्रदेश नम्बर १ बाट रोशा बस्नेत र देउराली चम्लिङ रहेका थिए । वस्नेतसहितको महिला पत्रकारहरुको समहुले गत जेठ ९ गते सर्बोच सिखर सगरमाथाको सफल आरोहण गरेका थिए । पत्रकार महासंघको ब्यानरमा गएका महिला पत्रकारहरुले धरानको तस्विर पनि सगरमाथामा पु¥याएका थिए ।