धरान / भुमाफियाहरुबाट धरानमा रहेको सर्दु जलाधार क्षेत्र जोगाउन अभियान शुरु गरिएको जनसरोकार मञ्च धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको सम्पतिमा कर्मचारीको मिलेमतोमा भुमाफियाहरुको चलखेल बढेको भन्दै मञ्चले बचाउँ अभियान शुरु गरेको हो । सर्दु जलाधार क्षेत्र, बसपार्क बनाउन जनताले दिएको जग्गा र एयरपोर्टको जग्गामा भुमाफियाको चलखेल भएको मञ्चका संयोजक तथा धरान उपमहानगरपाकिलाका पूर्व उपमेयर कृष्णनारायण पोलिखेले आरोप लगाएका छन् ।
जनप्रतिनिधी आएपछि भुमाफिया र भ्रष्ट्राचार विरुद्ध जनप्रतिनीधिहरु लाग्ने धरानेहरुले अपेक्षा गरे पनि जनप्रतिनीधिहरुले भ्रष्ट कर्मचारीहरुकै फेर सामाएर जनतालाई धोका दिएको संयोजक पोलिखेले बताए । स्गानीय तह भित्र भएको अनियमितता र सर्दु जलधार क्षेत्रमा भउको चलखेल रोक्न अभियान संचालन गरिएको भन्दै उनीहरुले विहीबार शुक्रबार पत्रकार सम्मेलन समेत गरेका थिए ।
धरानस्थित विचघोपामा एयरपोर्ट निर्माणका लागि स्थानीयसँग जग्गा अधिग्रहण गरिएको थियो । ‘यति कर्पोरेटले लिएको जग्गामा ६ महिनामा एयरपोर्ट नबने जग्गा फिर्ता गर्ने सर्त समेत रहेको थियो । तर न्यूनतम मुल्यमा स्थानीयले दिएको जग्गामा न अघिले सम्मे एयरपोट बनेको छ न जनताले फिर्ता नै पाए ।’–पोलिखेले भने–‘‘हामीले पहिले देखिनै विरोध गर्दै आए पनि सम्बन्धीत निकायले बेवास्ता गरेको छ ।’
धरान उपमहानगरपालिकाले एकिकृत सम्पति करको नामा २०६७ सालमा चर्को कर वृद्धि गरेको भन्दै मञ्चले विरोध गरेको थियो । यही करको विरुध अभियान चलाउन यो मञ्च गठन भएको थियो । हाल धरान उपमहानगरयो कर हटाएको छ । मञ्चले खानेपानी परियोजना, सर्दु जलाधार क्षेत्र, बसपार्क स्थल विवाद, एयरपोर्टमा जग्गा अतिक्रमण लगायतका विषयमा सचेतनामुलक कार्यक्रमहरु ग्र्दै आएको छ । बर्षौदेखि व्यवस्थित वस पार्कको अभावमा भानुचोको सागुरो स्थानमा वस पाकृ संचालन हुदै आएको छ ।
स्थानीय सरकारको ढिलासुस्ती र जनता विरुोधी कामका विषयमा प्रदेश सरकार सहित संघीय सरकारलाई १४ बुँदे माग राख्दै ध्यानाकर्षण गराउने मञ्चले जनाएको छ ।
मञ्चले २०७३ फागुन ५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । धरानको खानेपानी परियोजनामा देखिएको भ्रष्टचार, बसपार्क निर्माणमा कर्मचारीको मनपरितन्त्र, एयरपोर्टको जग्गा फिर्ता पाउनुपर्ने, धरान १४ स्थित गोपाल मन्दिरको संरक्षण लगायतका बुँदाहरु समावेश गरिएको थियो ।

press meet