धरान /नेकपाका संस्थापक पुष्पलाल श्रैष्ठको ४० स्मृति दिवसको अवसरमा नेकपा एमाले १५ नं. वडा कमिटीले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकास राईले कार्यक्रमको उद्घाटन गरे । विभिन्ने व्यक्तिहरुले अहिले रक्तदान गरिरहेका छन् । अस्पतालमा हुने रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा सचिव ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।