धरान / इलाका प्रहरी कार्यालय धरानले शुक्रबार धरानको भानुचोकमा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नागरिकले कस्तो प्रहरी प्रहरी चाहेको छ भन्ने मत बुझन् गरिएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरीले गर्ने कमीकमजोरी, तथा शान्ति सुरक्षा मजबुत बनाउन नागरिकले सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इनरुवाका एसपी राजन अधिकारीले जिल्लामा प्रहरीले शान्ति सुरक्षाका लागि गरेका काम र चोरी तस्करी नियन्त्रणलगायतको विषयमा तथ्याङ्कसहित प्रस्तुत गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले पर्यटकीय शहर धरानको व्यापारीक परिस्थिती हेरेर शान्ति सुरक्षा व्यवस्थापन गर्न अनुरोध गरेकी थिईन । उनले पर्यटकहरु आउजाउ गरिरहने बगरकोट अगाडी राती चेक पोईन्ट थापेर होटलमा आउनेहरुलाई समस्यामा पारेको भन्दै यस्तो नगर्न आग्रह गरिन् । उनले भनिन ‘प्रहरीले भयपूर्ण वातावरण बनाउने होईन, शान्ति सुरक्षा प्रदान गर्ने हो ।’ उनले धरानमा रात्री बजार संचालनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न समेत प्रहरीलाई निर्देशन दिईन ।
नागरिकको पीडा अनुसार न्याय दिलाउन सुझाव दिदै न्याय सम्पादन गर्ने सवालमा कसैको फोन पर्खने भन्दा पनि नागरिकदाई न्याय कसरी प्रदान गर्ने भन्ने तिर प्रहरी क्रियाशिल हुनु पर्ने उनले बताईन ।
मेयर भण्डारीले नदिजन्य सामाग्री चोरी तस्करीमा प्रहरी संलग्नता भएको बताउदै प्राकृतिक श्रोत दोहन गर्ने विरुद्ध छुटटै फोर्स बनाएर काम गर्न समेत उनले प्रहरीलाई निर्देशन दिईन ।
कार्यक्रममा नेकपाका नगर नेता राजमणी निरौला, चोत्चुङ, पत्रकार देबेन्द्र कार्की, गोपाल कामत,वडा अध्यक्षहरु रत्न कटुवाल, माधव गोविन्द श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, सुवास चोङवाङ, रमेश विक, बासुदेव गौतम, राम प्रसाद राई, देयमान लिम्बु, लगायतले सुझाव तथा गुनासाहरु राखेका थिए ।
एसपी अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लै नसक्ने बताउदै जनता बर्दी विनाको प्रहरी भएकाले हरेक काममा नागरिक सहयोगी हुनु पर्ने बताएका थिए । एसपी अधिकारीले जहाँपायो त्यही चेक पोष्ट राखेको विषयमा मेयर भण्डारीको आपतिबारे समेत प्रष्ट पारेका थिए । जहाँ अपराध बढि हुन्छ, जहाँ कारण तत्व हुन्छन् त्यहाँ प्रहरीले चेक पोईन राख्ने गरेको बताए । अपराधको मुख्य कारण जाँड रक्सी हुने र मादक पदाथृ सेवन गरेर सवारी चलाउने भएकाले होटल नजिक चेक पोईट थापिएको उनले स्पष्ट पारे । ‘रक्सी बेच्ने ठाउँमा चेक नगरेर के भन्दिर देउमा गर्नु त ’ –एसपी अधिकारीले प्रशन गरेर । कसैलाई समस्या पार्न प्रहरीले चेक पोईन नथाप्ने सम्भावित दुर्घटना रोक्न निगरानी गर्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा भरखर सरुवा भएर इलाका प्रहरी कार्यलय धरान आएका डिएसपी सुमन तिम्सिनाले नागरिकका गुनासो र सुझावलाई ग्रहण गर्दै धराने जनतासँग हातेमालो गर्दे यहाँको शािन्त सुरक्षा प्रदान गर्न प्रतिवद्ध हुने र प्रहरी प्रशासनमा भएका कमीकमजोरीहरुलाई सुधार्ने प्रतिबद्धता जनाए ।