काठमाण्डौ / स्वास्थ्य सम्वन्धी प्रभावशाली अर्गानिक सामग्री उत्पादन गर्ने नेपालको अर्गानिक वल्र्ड ग्रुप काठमाण्डौले आफनो सातौ वार्षिक उत्सवको अवसरमा धरानका व्यापारी लगाएत २९ जना लाई पुरस्कृत गरेको छ । धरान वाट पुरस्कृत हुने निदान ईण्टर प्राईजेजका प्रोप्राईटर सम्झना श्रेष्ठ र विष्णु श्रेष्ठलाई गत साउन २२ गते काठमाण्डौमा आयोजित एक भव्य कार्यक्रम वीच १५० सिसिको मोटर साईकल प्रदान गरेको छ । अन्य पुरस्कृत व्यापारीहरु मध्ये २ जनाले कार , ९ जनाले मोटरसाईकल र १८ जनालाई दुवईको भ्रमण गराउने भएको छ ।
धरान ९ स्थित भानुसव्जी मण्डि भित्र रहेको निदान ईन्टरप्राईजेजले गत वर्ष पनि राम्रो सामान विक्रि गरे वापत ७ दिनको मलेसिय भ्रमण गराएर पुरस्कृत गरेको थियो । यस वर्ष सो ईन्टरप्राईजेजले झण्डै ८७ लाख वरावरको सामग्री विक्रि गरे वापत सो पुरस्कार प्राप्त गरेको प्रोप्राईटर विष्णु श्रेष्ठ वताउछन ।
मलेसियाको वैज्ञानिकहरुले अनुसन्धान गरी तयार पारेको दन्तमन्जन , रातो च्याउको सावुन अनुहारमा लगाउने क्रिम ,खानाको विकल्पमा वनाइएका शतिmवद्र्धक रातो च्याउ , समुन्द्रिक झयाउ र यार्सागुम्वाका क्याप्सुल र जैविक चिया यो कम्पनीले नेपालमा भित्रै उत्पादन गर्न थालेका छन । यस अधि यस्ता वस्तुहरु विदेश वाट आयात गरीने हुदा अर्वौ रुपैया विदेशिने गरेको थियो । नेपालकै जडिवुटि र केहि कच्चा सामान मलेसियावाट झिकाएर तयार पारीएका सामानहरु सस्तो र प्रभावशाली रहेकोले यसको माग दिन प्रतिदिन वढिरहेको कुरा व्यापारीहरु वताउछन ।