धरान / प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा सार्वजनिक गरेको छ । धरानबाट प्रकासित ४ वटा दैनिक मध्य ब्लाष्ट दैनिक क्षेत्रीय क मा परेको छ । मर्निङ टाइम्स दैनिक क्षेत्रीय ख, औजार दैनिक स्थानीय घ मा बर्गिकृत भएको छ । यस्तै फाष्ट टाइम्स दैनिक हुवहुमा परेको छ । विष्फोटन दैनिक अंक अपुग भएर स्थगनमा परेको छ ।
विहीबार सार्वजनिक गरिएको नतिजामा दिप्यरोशनी साप्ताहिक क वर्गमा परेको छ । धरानका अन्य साप्ताहिकहरु प्राय ख वर्गमा रहेका छन् । एक हप्ते एक्सन टाइम्स, विश्वस्थशुत्र, कोशी आवाज, पूर्व टाइम्स, महाप्रतिवाद साप्ताहिक ख वर्गमा परेका छन् । विजयपुर साप्ताहिक ग वगृमा परेको छ । धरान साप्ताहिक हुवहुमा परेको छ ।
आव २०७२ /७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको हाे । नतिजा अनुसार आव २०७२/०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आव २०७३/७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएकाे छ ।