धरान / धरानको तस्विर विश्वको सर्वोच्च शिखरमा पु¥याएउने महिला आरोहीलाई धरान उपमहानगरपालिकालाई बुधबार सम्मान गरेको छ । उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले धरानको तस्विर उपहार प्रदान गरि सम्मान गरिेकी हुन ।
नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, र स्वतन्त्र पत्रकार देउराली चाम्लिङलाई उपमहानगरले सम्मान गरेको हो । चाम्लिङ धरानकी स्थानीयवासी समेत हुन । धराने चेलीले सगरमाथा चुमेर धरानको इज्जत राखेको भन्दै उपमेयर भण्डारीले प्रसंसा गर्दे भनिन–‘उपमहानगरको तर्फबाट सबैलाई स्यालुट छ ।’
गत जेठ ९ गते सगरमाथा पुगेकी चाम्लिङले उनले आफ्नो प्रिय गृहनगर धरानको तस्बिर लगेकी थिइन् । धरानको भानुचोक र घण्टाघर देखिने उक्त तस्बिर चुचुरोमा पु¥याए तस्विर खिचेकी थिईन । पत्रकार विकास राईले खिचेको तस्विर उनले सगरमाथा पु¥याएकी हुन ।
यस्तै, किरात राई जातिको सँस्कारमा आवश्यक पर्ने वावु(चिण्डो), अदुवा र कोदो पनि चुचुरोमा पु¥याएकी थियृन । नेपाली राष्ट्रिय झण्डासँगै किरात राई यायोक्खाको झण्डा, राई विद्यार्थी संघको झण्डा पनि चुचुरोमा झहराइन् । राई समुदायबाट सगरमाथा चढ्ने उनी पहिलो महिला हुन ।
यस्तै ३१ औँ स्थापना दिवसको अबसरमा किरात राई यायोक्खा सुनसरीले बुधबार रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।
गत जेठ ९ गत्ते विश्वकै अग्लो सगरमाथाको शिखरमा पाईला टेक्न सफल ४ जना महिला पत्रकारलाई सम्मान गरेको छ । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङलाई किरात राई यायोक्खा सुनसरीले सम्मान गरेको हो ।